ईपीएलमा लिभरपुललाई १६ अङ्ककाे अग्रता
फागुन २५, २०८१ आइतबार
रौतहट – कटहरिया नगरपालिकाले घोषणा गरेको एकदिने सार्वजनिक बिदा मेयर सियाराम कुश्वाहाले बिदा फिर्ता भएको जानकारी गराउनुभएकोे छ ।
मेयर कुश्वाहाले आइतबार एक प्रेस विज्ञप्ति जारी गरेर शनिबार कार्यकारी प्रमुख प्रशासकीय अधिकृत उदय देवकोटाले जारी गरेको बिदाको सूचना रद्द गरिएको जानकारी गराउनुभयो ।
कटहरिया नगरपालिकाका मेयर रहेका कुश्वाहाले सर्वोच अदालतबाट सफाइ पाएको खुशीयालीमा शनिबार एक विज्ञप्ति जारी गरेर आइतबार सार्वजनिक बिदाको घोषणा गरिएको थियो ।
कटहरिया नगरक्षेत्रभित्र रहेका सबै वडा कार्यालयहरु, विद्यालयलगायत नगर मातहतका सबै कार्यालयमा आइतबार सार्वजनिक बिदा हुने भन्दै शनिबार बिदाको सूचना जारी गरिएको थियो ।
मेयर सियाराम कुश्वाहाले आफू आउनुअघि नै कार्यकारी अधिकृत देवकोटाले विज्ञप्ति जारी गरेको र यस विषयमा आफूलाई कुनै जानकारी नभएको बताउनुभयो । सञ्चार माध्यमबाट नगरक्षेत्रमा आइतबार सार्वजनिक बिदाको घोषणाबारे जानकारी पाएपछि आफ्नो ध्यान केन्द्रित भएको र बिदा रद्द गरी नियमित कार्यालय सञ्चालन गरिएको मेयर कुश्वाहले जानकारी दिनुभयो ।
आफूलाई सूचना नदिई घोषणा गरिएको सार्वजनिक बिदाबारे छानबिन गरी दोषीलाई कारबाही गरिने मेयर कुश्वाहाले बताउनुभयो । कार्यकारी अधिकृत उदय देवकोटाले नगरपालिकाको कार्यवाहक मेयर नुरजहाँ खातुनको निर्णय अनुसार शनिबार बिदा घोषणा गरिएको जानकारी दिनुभयो ।
बिदा रद्द गरिएपछि नगरपालिका, वडा कार्यालयहरु, विद्यालयहरु नियमित सञ्चालन भए पनि केही सामुदायिक विद्यालय बन्द रहेको स्थानीयवासीले बताएका छन । काशी तिवारी हत्याकाण्डमा उच्च अदालत जनकपुर तत्काल वीरगञ्जले मेयर कुश्वाहालाई दोषी साबित गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएपछि गएको वैशाख २७ गते कामाडौंस्थित बाणेश्वरबाट सीआईबीको टोलीले उहाँलाई पक्राउ गरेको थियो ।
शुक्रबार सर्बोच्च अदालतका न्यायधीश द्धय शारदा घिमिरे र डम्बर शाहीको इजलासले उक्त मुद्धाबाट सफाइ दिएपछि मेयर कुश्वाहा प्रदेश २ का नेकपाका अध्यक्ष पूर्वमन्त्री एवं संघीय सांसद प्रभु साहसहितको टोली शनिबार हेलिकप्टरबाट गृहनगर कटहरिया आएका थिए ।
झण्डै नौ महिना कारागार बसेर फर्किएका मेयर कुश्वाहालाई नगरवासीले स्वागत गरेका थिए । नगरवासीलाई सम्बोधन गर्दै मेयर कुश्वाहाले बिपक्षीको जालोबाट छुटेर आफूले नयाँ जीवन पाएको बताएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।