ईपीएलमा लिभरपुललाई १६ अङ्ककाे अग्रता
फागुन २५, २०८१ आइतबार
काठमाडौं – काभ्रेको भकुण्डेबेँसीमा नेपाल हिन्दु विश्वविद्यालय स्थापना हुने भएको छ ।
बनारस हिन्दु विश्वविद्यालयका संस्थापक मदन मोहन मालवीयको स्मृतिमा स्थापना गरिएको महामना मालवीय मिशनले आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी नेपालमा पनि हिन्दु विश्वविद्यालय स्थापना गर्न लागिएको जानकारी गराएको हो ।
मिशनले विश्वविद्यालय निर्माणका लागि जग्गा खरिद प्रक्रिया पूरा गरिएको पनि जानकारी गराएको छ । कार्यक्रममा बोल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले हिन्दु विश्वविद्यालय स्थापनाका लागि आफूले पुरै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले नेपालको शिक्षाको क्षेत्रमा मात्र नभई नेपाल–भारतबीचको सम्बन्धलाई अझ मजबुद बनाउन पनि हिन्दु विश्वविद्यालयको स्थापनाले सघाउ पुर्याउने विश्वास पनि व्यक्त गर्नुभयो ।
अध्यक्ष दाहालले नेपाल हिन्दु विश्वविद्यालयको स्थापनाले नेपालको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासमा उल्लेख्य योगदान पु¥याउने पनि स्पष्ट पार्नुभयो । अध्यक्ष दाहालले बनारस हिन्दु विश्वविद्यालयलाई नेपालको शैक्षिक, राजनीतिक क्षेत्रमा ठूलो जागरण ल्याउने सम्मानित विश्वविद्यालयको रुपमा पनि चित्रण गर्नुभयो ।
उहाँले बनारस हिन्दु विश्वविद्यालयका संस्थापक मदन मोहन मालवीय नेपाल–भारतको मात्रै नभई विश्वकै परिचित विद्धानको रुपमा रहेको उल्लेख गर्दै उहाँको योगदानलाई नेपालले कहिल्यै बिर्सन नसक्ने पनि बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।