ईपीएलमा लिभरपुललाई १६ अङ्ककाे अग्रता
फागुन २५, २०८१ आइतबार
काठमाडौं – सरकारले ‘कर्मचारी समायोजन अध्यादेश’मा असन्तुष्टि जनाउँदै आन्दोलनरत कर्मचारीहरुको मागलाई सम्बोधन गर्ने भएको छ ।
नेपाल सरकारका प्रतिनिधि र नेपाल आधिकारिक ट्रेड युनियन महासंघका प्रतिनिधिबीच आइतबार सिंहदरबारमा भएको छलफलमा कर्मचारी समायोजन अध्यादेशले सम्बोधन गर्न नसकेको माग संघीय निजामती सेवा ऐनमा सुनिश्चित गराउने सहमति भएको हो ।
कर्मचारीहरुको सेवा, शर्त र वृत्ति विकाससम्बन्धी माग संघीय निजामती सेवा ऐनमा सम्बोधन गर्ने सहमति सरकारसँग गरिएको नेपाल आधिकारिक ट्रेड युनियन महासंघका अध्यक्ष पूण्यप्रसाद ढकालले जानकारी दिनुभयो ।
सरकारले आन्दोलनरत कर्मचारीहरुको माग सम्बोधन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलिया नेतृत्वको वार्ता टोली गठन गरेको थियो । वार्ता टोलीले आइतबार नेपाल आधिकारिक ट्रेड युनियन महासंघका पदाधिकारीसँग वार्ता गरी आन्दोलनरत कर्मचारीको माग सम्बोधन गर्ने सहमति जनाएको छ ।
कर्मचारी समायोजन अध्यादेशमा देखिएका जटिलता हटाएर अघि बढन सरकार तयार भएको पनि महासंघका अध्यक्ष ढकालले बताउनुभयो । कर्मचारी समायोजनको काममा सबै कर्मचारीलाई समावेश गर्न पनि सरकारले निजामती सेवा ऐनमा उनीहरुको वृत्ति विकास र सेवा, शर्तसम्बन्धी मागलाई सम्बोधन गर्ने सहमति गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो ।
सरकारले कर्मचारी समायोजनसम्बन्धी राखेका माग संघीय निजामती सेवा ऐनमा सम्बोधन गर्ने प्रतिवद्धता जनाउँदै आन्दोलनरत कर्मचारीहरुलाई आन्दोलनको कार्यक्रम फिर्ता लिएर काममा फर्कन पनि आग्रह गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता अधिकारीले कर्मचारीको माग सम्बोधन गर्ने उल्लेख गर्दै आन्दोलनको कार्यक्रम फिर्ता लिन आग्रह गर्नु भएको हो । उहाँले प्रदेश र स्थानीय तहमा गएका कर्मचारीहरु बढुवा भएर संघका आउन सक्ने व्यवस्था पनि संघीय निजामती सेवा ऐनमा सम्बोधन गर्ने पनि स्पष्ट पार्नुभयो ।
तर संघ, प्रदेश र स्थानीय तहमा सरुवा गर्न भने संविधानले नै नदिने प्रवक्ता अधिकारीको दाबी छ । कर्मचारी समायोजन अध्यादेशमा आफूहरुको वृत्ति विकास समेत कटौति गरिएको भन्दै निजामती कर्मचारीहरुले सच्याउन माग गर्दै सरकारविरुद्ध आन्दोलन सुरु गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
rd kulung
Dec. 30, 2018, 7:33 p.m.सहमती भएकाे भए त्यसकाे प्रति खाेइ त ? सङ्घीय निजामती सेवा एेन, प्रदेश निजामती सेवा एेन र स्थानीय सेवा एेन नअाइ कसरी पत्याउनेहाेला ? सम्झाैता सचिवसँग नभइ मन्त्रीसँग गर्नु पर्थ्याे । संविधानले कानुन बनाएर कर्मचारी समायाेजन गर्ने भनेकाे छ । मेराे विचारमा संघ, प्रदेश र स्थानीय सेवा तथा सबै तहकाे लाेकसेवा एेन अाएपछि भर्ना भएकालार्इ मात्र सम्बन्धित तहमा रहने व्यवस्था गर्नुपर्छ । पहिलेकाे एेन अनुसार भर्ना भएका कर्मचारीलार्इ तीनै तहमा सरूवा हुन पाउने प्रावधान राखिनु उचित हुन्छ । पहिले फरक सेवा सर्तमा स्थायी भएका कर्मचारीलार्इ पछाडि अरू कानुन बनाएर फरक व्यहार गरिनु कानुनी सिद्धान्तकै खिलाफ हुन्छ ।