हात्तीको आक्रमणबाट उदयपुरमा एकजनाको मृत्यु

 पुष १६, २०७५ सोमबार ९:२२:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

उदयपुर – जंगली हात्तीको आक्रमणबाट त्रियुगा नगरपालिका २ मा एक वृद्ध महिलाको ज्यान गएको छ । त्रियुगा नगरपालिका–२ लुहाको सामुदायिक वन क्षेत्रमा हात्तीको आक्रमणबाट त्रियुगा नगरपालिका–१२ की ६०–६५ वर्षीया सावित्रा राईको ज्यान गएको हो । 

आइतबार दिउँसो ३ बजे तिर घाँस काट्न जंगल गएकी राईलाई जंगली हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले जानकारी दिनुभयो । 

मृतक राईको शव पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा ल्याइएको छ । डिभिजन वन अधिकृत बिष्णु प्रसाद आचार्यका अनुसार मृतकका आफन्तलाई सरकारको तर्फबाट प्राप्त हुने क्षति तथा राहतको लागि आवश्यक सहयोगका लागि सिफारिस गर्ने बताउनुभयो  । 


 

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया