ईपीएलमा लिभरपुललाई १६ अङ्ककाे अग्रता
फागुन २५, २०८१ आइतबार
काठमाडौं – नेप्से परिसूचक सोमबार पनि १७ दशमलव ६२ अंकले घटेको छ ।
आइतबारे साढे १० अंकले घटेको नेप्से परिसूचक सोमबार पनि घटेर ११ सय ८७ दशमलव २८ बिन्दुमा झरेको छ । कारोबार रकम पनि झण्डै ५ करोड रुपैयाँले घटेको छ । सोमबार ४० करोड रुपैयाँ बराबरका ११ लाख ७९ हजार कित्ता शेयर किनबेच भएका नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
जलविद्युत, फाइनान्स र उत्पादनमूलक क्षेत्र बाहेक अरु समूहको उप–सूचक घटेसँगै सोमबार शेयर बजार खस्किएको हो । बजार ओरालो लागेसँगै महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ८ प्रतिशतभन्दा धेरै गुमाएका छन् ।
जेविल्स फाइनान्स लिमिटेडका लगानीकर्ताले भने झण्डै ५ प्रतिशत कमाएका छन् । सोमबार सबैभन्दा धेरै नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ करोड ८८ लाख ७७ हजार रुपैयाँ बराबरको कारोबार गरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।