ईपीएलमा लिभरपुललाई १६ अङ्ककाे अग्रता
फागुन २५, २०८१ आइतबार
काठमाडौं – सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि गुरु योजना तयार पार्न परामर्शदाता नियुक्त गर्ने तयारी गरेको छ ।
नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक संजीव गौतमले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि गुरु योजना तयार पार्न एक महिनाभित्र परामर्शदाता नियुक्त गर्ने निर्णय गरिएको जानकारी दिनु भएको हो ।
प्राधिकरणको २० औं वार्षिकोत्सव कार्यक्रमको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले निजगढ विमानस्थल क्षेत्रको रुख कटानसम्बन्धी कार्यका लागि नेपाली सेनालाई जिम्मेवारी दिने सम्झौता पनि भइसकेको बताउनुभयो ।
महानिर्देशक गौतमले निजगढ विमानस्थलको प्रथम चरणको डिटेल डिजाइनको कामको जिम्मेवारी पनि परामर्शदातालाई नै दिने योजना पनि अघि सार्नुभयो । प्राधिकरणले निर्माणाधिन राष्ट्रिय गौरवका आयोजनाहरु गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको समयभन्दा अघि नै निर्माण कार्य सम्पन्न गर्ने दाबी पनि गरेको छ ।
महानिर्देशक गौतमले चन्द्रगढी र जनकपुरमा रात्रीकालीन उडान संचालनका लागि आवश्यक तयारी भइरहेको पनि जानकारी दिनुभयो । गाउँ–गाउँमा हेलिप्याड निर्माण गर्ने सरकारको नीति कार्यान्वयनका लागि ‘हेलिप्याड निर्माण तथा संचालनसम्बन्धी कार्यविधि, २०७५’ तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको पनि प्राधिकरणले जनाएको छ ।
नेपालमा अहिले ५० वटा विमानस्थलहरु रहेका छन । तीमध्ये ३२ वटा विमानस्थलहरुमा नियमित उडान भइरहेको पनि प्राधिकरणका महानिर्देशक गौतमले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।