वुमन्स डे कप : पहिलाे खेलमा नेपाल नामिबियासँग पराजित
फागुन २४, २०८१ आइतबार
भक्तपुर – सूर्यविनायक नगरपालिकाले सूर्यविनायक र जगाती क्षेत्रमा सञ्चालित दूध तथा दूधजन्य पदार्थ उत्पादन एवं बिक्री गर्ने डेरीहरुको बिहीबार अनुगमन गरेको छ ।
अनुगमनका क्रममा सूर्यविनायक नगरपालिका–८, सूर्यविनायकमा मनोज श्रेष्ठले संचालन गरेको रानीकोट दूध डेरी अत्यन्तै फोहोर र दर्ता बिना नै संचालन भएको पाइएको छ ।
डेरी नगरपालिकामा दर्तानै नगरी सञ्चालन भएको, दूधमा फोहोर भेटिएको, ढुसी आएको पनिर र नौनी बिक्री गरिरहेको, दूध तताउने एवं दही बनाउने ठाउँ समेत अत्यन्तै फोहोर भएको भेटिएको हो ।
अनुगमन टोलीले बोर्ड र मूल्य सूची समेत नराखी दूर्घन्धित रुपमा संचालित त्यो डेरीको ढुसी आएको सामाग्री नष्ट गर्दै एकसाता भित्र दर्ता गरी सुधार गर्न निर्देशन दिएको छ । अनुगमन टोलीले सूर्यविनायक नपा ८ जगातीमा संचालित पुरानो भक्तपुर जुजु धौ सेन्टरमा ढुसी आएको १४ लिटर दही नष्ट गरेको छ ।
दूध तताउने ठाउँमा फोहोर तथा कुखुरापालन गरेको, ढुसी आएको दही तथा पनिर बिक्रीमा राखेको, फोहोर ठाउँमा दही जमाएको, दर्ता एवं नविकरण नगरेको पाइएपछि दही नष्ठ गर्नुका साथै एकसाताभित्र सबै सुधार गर्न निर्देशन दिएको छ ।
त्यस्तै भक्तपुर जुजु धौं सेन्टर दर्ता एवं नविकरण नभएको र घ्यूमा लेबल समेत नभएको र सूर्यविनायक नगरपालिका ६ मा सञ्चालित जय श्रीकृष्ण डेरीले दर्ता नविकरण नगरेको तर सफा रुपमा संचालन गरेको पाइएको थियो ।
नगरपालिकाले अनियमित रुपमा संचालित र अखाद्य बस्तु मिसावट गरिएको डेरीहरुलाई कारबाही गर्नेगरी नीति लिएको नगरपालिकाका प्रमुख वासुदेव थापाले बताउनुभयो ।
नगरपालिकाले हरेक क्षेत्रको अनुगमनलाई निरन्तरता दिने बताउँदै नियमसंगत रुपमा व्यवसाय संचालन गर्न सबै व्यवसायीलाई आग्रह गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।