ईपीएलमा लिभरपुललाई १६ अङ्ककाे अग्रता
फागुन २५, २०८१ आइतबार
काठमाडौं – आईएमईले दसैँ,तिहार र छठका अवसरमा ल्याएको ‘दशैंमा बीस लाख’ योजनाको बीसलाख रुपैयाँ धिरेन्द्र कुमार झागडले जितेका छन् ।
मलेसियाबाट नेपालमा आईएमई गरेका झागड ‘लक्की ड्र’ बाट विजेता घोषित भएका हुन् ।
आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा आईएमई केन्द्रीय कार्यालय पानीपोखरीमा बिहीबार भाग्यशाली विजेता छनोट गरिएको थियो । कार्यक्रममा आईएमईका ब्राण्ड एम्बासडरद्वय दिपकराज गिरि र दीपाश्री निरौला पनि उपस्थित थिए ।
आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले ‘दसैँमा बीस लाख’ योजना अवधिमा लक्ष्य अनुरुपको व्यापार अभिवृद्धि भएको बताउनुभयो ।
असोज ७ गतेदेखि मंसिर मसान्तसम्म चलेको योजनामा दैनिक लक्की ड्र मा ८ सय ४०, साप्ताहिक ‘लक्की ड्र’ मा १२, मासिक ‘लक्की ड्र’ मा ३ र बम्पर ‘लक्कीड्र’ मा १ गरि कुल ८ सय ५६ जना सेवाग्राही पुरस्कृत भएको कम्पनीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।