ईपीएलमा लिभरपुललाई १६ अङ्ककाे अग्रता
फागुन २५, २०८१ आइतबार
धादिङ – धादिङको गजुरीबाट चार किलो सुनसहित तीनजना पक्राउ परेका छन् ।
बिहीबार राति पौने १० बजेतिर गजुरी गाउँपालिका–१, सिद्धेश्वरी मन्दिर अगाडिबाट दुईवटा मोटरसाइकलमा आएका रसुवाका २७ वर्षका अजित वाइबा, नुवाकोट तार्केश्वरी गाउँपालिकाका २२ वर्षका सुरेन्द्र तामाङ र २४ वर्षका विकास तामाङलाई चार किलो सुनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
उनीहरु आएको बा ८७ प ७७३१ र प्रदेश नम्बर ३, ०२–००३ प २५४० नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक डम्बर विश्वकर्माले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका तीन जनालाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान विभागमा पठाउने तयारी गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।