ईपीएलमा लिभरपुललाई १६ अङ्ककाे अग्रता
फागुन २५, २०८१ आइतबार
काठमाडौं – तपस्वीका रुपमा चिनिँदै आएका रामबहादुर बम्जनको सिन्धुपाल्चोक बाँडेगाउमा रहेको आश्रममा प्रहरीले छापा मारेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीसँगको समन्वयनमा बाँडेगाउँमा रहेको बम्जनको आश्रममा खानतलासी गरेको सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक एसपी मुकुन्द मरासिनीले उज्यालोलाई जानकारी दिनुभयो ।
‘बाँडेगाउँमा रहेको आश्रममा हामीले खानतलासी गरिरहेका छौँ, यस बाहेक अहिले केही पनि भन्न मिल्दैन’, उहाँले भन्नुभयो, ‘हामी अनुसन्धनमा छौँ ।’ जिल्ला अदालत सिन्धुपाल्चोकबाट अनुमति लिएर प्रहरीले बमजनको आश्रममा छापा मारेको हो । बमजनमाथि आफ्ना अनुयायीलाई दुव्र्यवहार गरेको आरोप लागेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।