एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
मेरो आफ्नै टेलर्स थियो । लुगा सिलाउन जानेको थिएँ । लुगा सिलाएर मेरो ज्यान पालेको थिएँ । मेरो बहिनी जोर्डनमै थिइन् । उनले नै मलाई जोर्डनको बारेमा बताएकी हुन् । ‘सिलाइ जानेका मान्छेलाई यहाँ त राम्रो हुन्छ’ उनले फोनमा भनेको यो कुराले मलाई पनि एक पटक विदेश जानुपर्यो भन्ने लाग्यो ।
सन् २०१४ मा जोर्डन गएको हुँ । सिलाइको काम जानेपनि त्यहाँ जानकै लागि भनेर सीप सिकेको थिइन । काममा गएको दिन नै सिलाइ आउछ भनेर सोधे । जानेको सीप आउछ भन्दिएँ । तर कम्पनीमा वरिपरी हेरें । अरुले मेसिन चलाएको देखेर म त छक्क परें ।
नेपालमा लुगा सिलाए पनि त्यस्तो मेसिन कहाँ चलाउन सक्नु । म त त्यसै आत्तिएँ । नआत्तिएको भए चलाउन सक्थें कि । त्यहाँको वातावरणले गर्दा नै मैले सुरुमा आत्मविस्वासका साथ काम गर्न सकिन । मैले जोर्डन जानकै लागि भनेर सीप नसिक्नु त्यसको अर्को कारण हो । त्यसैले हेल्परको काम गरें । बानी नबसेसम्म त गाह्रो नै भयो तर विस्तारै सबैकाम जानियो ।
नेपालमा हुँदा त एक जनाले नै सिङ्गो लुगा तयार पारिन्थ्यो तर त्यहाँ त एक सय ५० जना भन्दा धेरैले तयार पार्दा रहेछन् । जोर्डनमा काम गर्ने तरिका देख्दा साह्रै मज्जा लाग्ने । फरक फरक देशका मानिस । फरक वातावरण, काम गर्दा खुव खुसी हुन्थ्यें ।
जोर्डनको सबैभन्दा राम्रो कुरा भनेको त्यहाँ काम गर्ने महिलाहरु एकदमै सुरक्षित छन् । मैले कहिले पनि असुरक्षित महसुस गरिन । हिजोआज त विदेशमा महिला बेचिएका, समस्यामा परेका जस्ता खबर सुन्नु पर्छ । तर जोर्डन जाने महिलाले त्यो दुव्र्यवहार सहन पर्दैन ।
कमाइ पनि राम्रो नै हुन्छ । ओभरटाइम र टार्गेट पूरा गर्न सक्यो भने कमाइ बढी हुन्छ । म तीन वर्ष तीन महिना बसेर फर्किएको हुँ । झण्डै सात लाख रुपैयाँ बचार फर्किएँ । अब विदेश जाने योजना छैन । पटक पटक अर्काको देश जानुपनि हुँदैन जस्तो लाग्छ । एकपटक दुःख गरेर अलिअलि बचाइयो भने त्यसैको सहि सदुपयोग गर्नसक्नु पर्छ ।
जोर्डनबाट फर्किए पछि अहिले सुर्वण मल्टिपल ट्रेनिङ सेन्टर प्रालिमा जोर्डन जाने महिलालाई गार्मेन्ट तालिम दिइरहेको छु । नेपाल फर्किएर आफूले सिकेका कुरा सिकाउन पाउँदा एकदमै खुसी छु ।
सिलाउन र काट्न मात्र हैन यहाँ सिक्न आउनेहरुलाई मैले भोगेका सुख दुःयहाँ सिक्न आउनेलाई मैले भोगेका अनुभव सुनाउदै व्यवहारिक कुरा पनि सिकाउँछु ।
(अमिसा लोप्चनसँग सन्जिता देवकोटाले गरेको कुराकानीमा आधारित ।)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।