सुशान्त सिंह राजपुतलाई एकैसाथ १२ ओटा फिल्मबाट आयो ‘अफर’

 पुष २५, २०७५ बुधबार ११:४:३ | एजेन्सी
unn.prixa.net

अभिनेता सुशान्त सिंह राजपुत अभिनित फिल्म ‘केदारनाथ’ ले सफल व्यापार गरेसँगै बलिउड फिल्म उद्योगमा छायामा परिरहेको सुशान्तको करियरलाई फेरि माथि उकास्ने काम गरिदिएको छ । यसै फिल्मको सफलता पछि सुशान्तलाई कयौं फिल्ममा काम गर्ने अफरहरु आइरहेका छन् । 

भर्खरै सुशान्तको फिल्म ‘सोनचिडिया’ को ट्रेलर सार्वजनिक भएको छ । यस ट्रेलर हेरेर दर्शले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । ट्रेलर हेर्दा सुशान्त निकै दमदार भूमिकामा देखिएका छन् । यस सँगै सुशान्तले फिल्म ‘किजी और मैनी’ र ‘छीछोरे’ पनि साइन गरिसकेका छन् । 

यसका अलावा सुशान्तलाई फिल्म निर्माताहरुले १२ वटा छुट्टछुट्टै फिल्मबाट अभिनयका लागि अफर गरिरहेका छन् । भारतीय सञ्चारमाध्यमसँगको कुराकानीमा सुशान्त आफैँले यस कुराको खुलासा गरेका हुन् ।

सुशान्तले भने ‘मलाई यतिबेला १२ वटा फिल्मका लागि निर्माताहरुले कुराकानी गरिरहेका छन् । मलाई थाहा पनि छैन की म कुन फिल्मको छायांकन सबैभन्दा पहिले गर्नेछु ।’ उनले अगाडि भने ‘अहिले फिल्म ‘चन्दा मामा दूर के’ र एक बायोपिकको काम चलिरहेको छ ।  

सुशान्त सिंह राजपुतको फिल्म ‘सोचिडिया’ मा अभिनेत्री भूमि पेडनेकर, मनोज बाजपेय र आशुतोष राणाको मुख्य भूमिका रहेको छ । यो फिल्मको कहानी डाकुहरुको जीवनमा आधारित छ । अभिषेक चौबेद्वारा निर्देशित यो फिल्म २०१९ को फेब्रुअरी ८ मा  रिलिज हुनेछ । 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया