फ्राइडे रिलिज : चलचित्र ‘चौका दाउ’ प्रदर्शनमा

 पुष २७, २०७५ शुक्रबार ९:३४:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

यस साताको फ्राइडे रिलिज अन्तर्गत चलचित्र ‘चौका दाउ’  प्रदर्शनमा आएको छ । चलचित्रको गीत तथा ट्रेलरलाई दर्शकले रुचाएका छन् । दर्शकको सकारात्मक टिप्पणीका कारण पनि चलचित्र निर्माण पक्ष उत्साहित देखिएको छ । 

चलचित्र ‘चौका दाउ’  हास्यप्रधान सामाजिक प्रेमकथामा आधारित चलचित्र हो । चलचित्रमा उमेर ढल्किएका ४ बुढाहरु एक तरुनीको मोह जालमा फस्दा आइपरेका समस्याहरुलाई रमाइलो ढंगबाट प्रस्तुत गरिएको छ । 

मनोज राजभण्डारी र सौर्यजित बासकोटाले निर्माण गरेको ‘चौका दाउ’लाई पूर्णेन्दु झाले निर्देशन गरेका हुन् । चलचित्र ‘चौका दाउ’ को परिकल्पनाकार वरिष्ठ संगीतकार शम्भुजित बासकोटा हुन् । उनी साढे चार दशकदेखि चलचित्र एवम् संगीत क्षेत्रमै सकृय छन् । यो चलचित्रमा कथा, संगीत र गायन पनि बासकोटाकै रहेको छ ।

अभिमन्यु निरवीको पटकथा संवाद रहेको यो चलचित्रको छायांकन दीर्घ गुरुङले गरेका हुन् । चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, कोमल राजभण्डारी र सुमन गुरुङको नृत्य निर्देशन रहेको छ भने निर्माण संयोजक नरेन्द्र खड्का हुन् । चलिचित्रको सम्पादन मित्रदेव गुरुङले गरेका हुन् ।

चलचित्र ‘चौका दाउ’मा सन्तोष पन्त, तैयव शाह, विल्सन विक्रम राई, रविन्द्र झा,  वर्षा राउत, अजश्र ढुँगाना, निर्मल शर्मा, सोनिका केसी, सुनिता श्रेष्ठ ठाकुर, रोशनी सापकोटा, श्याम राई, रमेश अधिकारी लगायतका कलाकारहरुको अभिनय रहेको छ । 

सौर्य प्रोडक्सनको व्यानरमा निर्माण भएको यो चलचित्रलाई काठमाडौंमा केबी फिल्मस् र मोफसलमा एफडीले वितरण गर्दैछ ।

– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य 

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया