एसीसी १९ वर्षमुनिको महिला एशिया कपमा नेपाली र श्रीलङ्काको खे...
पुस ४, २०८१ बिहिबार
काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारदेखि चीनको ६ दिने भ्रमण शुरु गर्दै हुनुहुन्छ ।
चिनियाँ समकक्षी ली खछियाङको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली १ सय १९ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको राजधानी बेइजिङ प्रस्थान गर्न लाग्नुभएको हो ।
चीन भ्रमणका क्रममा उहाँले चीनिया राष्ट्रपति शी चीन फिङ, प्रधानमन्त्री ली खछ्याङ, लगायत उच्च पदस्थ सरकारी अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणमा नेपाल–चीनबिच अन्तरदेशीय सीमापार प्रसारण लाईनको संयुक्त अध्ययन र ऊर्जा सहायतासम्बन्धी सम्झौता हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ । यस्तै गल्छी–रसुवागढी–केरुङ ४ सय केभी प्रसारण लाईन निर्माणका लागि विस्तृत अध्ययन गर्न सम्झौता गर्ने तयारी छ ।
चीन भ्रमणका बेला उर्जा, रेल वे, विजुलीको प्रसारण लाइन र भूकम्प पछिको पुनर्निर्माणका क्षेत्रमा सम्झौता हुने प्रधानमन्त्री ओलीले हिजो संसदलाई जानकारी गराउनुभएको छ ।
अघिल्लोपटक आफु प्रधानमन्त्री हुँदा भएका आपसी सहमतिको कार्यान्वयनका विषयमा पनि थप छलफल हुने उहाँले बताउनुभयो । साथै २ देशका नाका खोल्ने विषयमा पनि छलफल हुनेछ ।
प्रधानमन्त्री अोलीले, नेपालको विकासका प्राथमिकताबारे जानकारी गराउनुका साथै लागि चीनले गर्न सक्ने सहयोगका बारेमा छलफल गरि आपसि सहयोगका क्षेत्र पहिल्याइने पनि संसदलाई जानकारी गराउनुभएको छ ।
प्रधानमन्त्री ओली नेतृत्वको टोली मंगलबार बिहान ९ बजे हिमालयन एयरलाइन्सको चार्टर विमानबाट बेइजिङ जानेछ ।
मंगलबार बेलुका नै प्रधानमन्त्री ओलीको टोली बेजिङमा रहेको नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा सहभागि हुनुहुनेछ । बुधबार बिहान ८ बजे प्रधानमन्त्री अोलीले चीनमा रहेको नेपाली दूतावासका कर्मचारी र चीनमा रहेका नेपालीहरुसँग भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बुधबार दिउसो ४ बजे प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चीनफीङसँग झण्डै पौने घण्टा भेट्नुहुनेछ । शुक्रबार प्रधानमन्त्री ओलीको टोली ल्हासाका जानेछ भने शनिबार ल्हासामा रहेको पोतला दरबार,जोखाङ मन्दिर,क्युसु कृषि आयोजनाको अवलोकन गर्ने कार्यक्रम छ ।
आइतबार बिहान ११ बजेर ५० मिनेटमा प्रधानमन्त्री ओली नेतृत्वको टोली सिचुआन एयरलाईन्समार्फत स्वदेश फर्कने कार्यक्रम छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।