पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
रुपन्देही - प्रदेश नम्बर ५ काे प्रदेश सभासमक्ष नेपाली कांग्रेसका संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले आफूले चढदै आएको गाडी फिर्ता गर्नुभएको छ ।
प्रदेश सभाले गाडी खरिदमा अनियमितता गरेको समाचार बाहिर आएपछि उहाँले प्रमुख प्रतिपक्ष दलका नेताको हैसियतमा आफूले चढ्दै आएको लु १ झ ४४७ नम्बरको टाटा स्टोर्म गाडी शुक्रबार फिर्ता गर्नुभएको हो ।
उहाँले प्रदेश सभा सचिबालयका सचिव दुर्लभ कुमार पुन मगरलाई गाडीको ब्लुबूक र साँचाे बुझाउनु भएको हो । ‘गाडी खरिदमा अनियमितता भयो भन्ने समाचार बाहिर आएपछि मेराे नैतिकताले समेत गाडी चढ्न दिएन,’ चावी बुझाएपछि संसदीय दलका नेता पोखरेलल भन्नुभयो । अनियतिता सम्बन्धमा छानबिन हुनुपर्ने पनि उहाँले बताउनु भयो ।
यसअघि सार्वजनिक लेखा समितिका सभापति डिल्ली चौधरीले आफूले चढदै आएको गाडी फिर्ता गर्नुभएको थियो । गाडि खरिदमा अनियमितता भएको भन्दै सार्वजनिक लेखा समितिले उपसमिति नै बनाएर छानबिन गरिरहेको छ ।
प्रदेश सभा सचिवालयले संसदिय दलका नेता , प्रमुख सचेतक र संसदिय समितिका सभापतिहरुलाई गाडी सुबिधा दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ ।