विदेशबाट श्रीमानले पठाएको पैसा फेसनमा खर्च नगर्दाका फाइदा (भिडियाे सहित)

 असार ५, २०७५ मंगलबार १४:१:४१ | मेरो कथा मेरो भोगाई

शुकुमाया मोक्तान/लालबन्दी, सर्लाही ।

मेरो श्रीमान् साउदी जानुभएको छ ।  बिहे भएको एक वर्ष पछि उहाँ साउदी जानुभएको हो । अहिले ६ वर्ष लाग्यो । श्रीमान् साउदीमा बसे पनि मैले घर व्यवहार सम्हाल्नु परेको छैन । सासुससुराले नै घरव्यवहार मिलाउनुहुन्छ । 

तर घरव्यवहार धान्न पर्दैन भनेर म पनि हात बाँधेर बसेको छैन । श्रीमान् विदेश गएपछि मैले सिलाई सिकें । सिलाईको काम पनि गरें । त्योसँगै खेतीपाती पनि अलिअलि गर्थें । तर बच्चा जन्मिएपछि मैले सिलाई र खेतबारीको काम बराबरी रुपमा गर्न छोडें । 

गएको वर्षको असोजतिर हाम्रो गाउँमा वित्तीय शिक्षाको कक्षा सुरु भयो । त्यो कक्षा पनि विदेश जानेका परिवारलाई नै रहेछ । वित्तीय शिक्षा कक्षामा बसेपछि गरिरहेको कामलाई पनि सुर्धान पाएँ । 

कक्षामा बसेपछि सोच्ने तरिका नै फेरिएको छ । विदेशबाट पठाएको पैसा पनि सहि ठाउँमा लगानी गर्न थालेको छु । विदेशको कमाईले त्यस्तो प्रगती त भएको छैन तर पनि अर्को वर्ष चाहिँ घर बनाउने योजना छ । विदेशको दुःख बुझेपछि बाख्रा पाल्न थालें, तरकारी खेति बढाएँ र अब सिलाईको काम पनि अघि बढाउने योजना छ । 

अहिले बालबच्चा भएकाले सिलाईको काम गर्न गाह्रो भएर तरकारी खेती मात्र गरिरहेको छु ।  अब श्रीमान् विदेशमा छन् भन्दैमा जे पनि गर्ने गर्दा कतिको त सम्बन्ध बिग्रिएको पनि सुनेको छु ।

फलानोले त कपाल स्ट्रेट गर्‍यो रे, म पनि गर्छु, यस्तो लगाएछन् म पनि लगाउँछु भन्दै देखासिखी गर्दा पनि विदेशबाट श्रीमान् फर्किंदा खाली हात नै हुन्छ । मैले त त्यस्तो गरेको छैन् ।

आफ्नो गाउँमा पनि केही गर्नुपर्छ भनेर बचत गरेको छु । बचत गर्ने समुह हामीले नै बनाएका हौं । श्रीमान्ले विदेशबाट पैसा सासुससुरा कै नाममा पठाउनुहुन्छ । मलाई पनि खर्च दिनुहुन्छ । त्यही खर्चबाट बचाएर, तरकारी बेचेर मैले बचत बढाएको छु । 

तरकारीको मौसम हुँदा त विदेशको पैसा चलाउनै पर्दैन । तरकारीको भाउ हुँदा एक मौसममा ७० हजार रुपैयाँसम्म कमाई हुन्छ । अब विस्तारै तरकारी खेती र सिलाईको कामलाई नै अघि बढाउँछु ।  

शुकुमाया मोक्तानसँग सन्जिता देवकोटाले गरेका कुराकानीमा आधारित ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया