उर्जा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनामा प्रगति निराशाजनक
मंसिर १२, २०८१ बुधबार
कतार एसिएन कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति घरेलु टोली यूएईलाई ४–० गोल अन्तरले पराजित गर्दै कतारले एसियन कपको फाइनलमा जापानसँग उपाधि भिडन्त पक्का गरेको हो ।
मंगलबार भएको सेमिफाइनलमा कतारले यूएई विरुद्द पहिलो हाफमा २ तथा दोस्रो हाफमा २ गोल गरेको थियो । २२ औं मिनेटमा बुलिम खुखिले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए ।
३७ औँ मिनेटमा एल्मोज अलीले कतारका लागि गोल गर्दै अग्रता दोब्बर बनाए । दोस्रो हाफको सुरुदेखि नै घरेलु टोली यूएईले गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन । उल्टै कतारका लागि ८० औं मिनेटमा हसल अल हेदोसले टिमका लागि तेस्रो गोल गरे ।
९१ औं मिनेटमा मोहमद इस्माइल रातो कार्ड पाउँदै मैदान बाहिरिए पछि अतिरिक्त समयमा यूएई १० खेलाडीमा सीमित भएको थियो । ९३ औँ मिनेटमा हामिद इस्मेलले कतारका लागि चौथो गोल गर्दै फराकिलो जितका साथ फाइनल स्थान सुरक्षित गराए ।
उपाधिका लागि कतार र जापान शुक्रबार खेल्ने छन् । जापानले पहिलो सेमिफाइनलमा इरानमाथि ३–० को जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।