‘मणिकर्णिका’ का निर्माता कमल जैनले कंगनाको समर्थन गर्दै भने क्रिश गलत छन्

 माघ २०, २०७५ आइतबार १४:३६:० | एजेन्सी
unn.prixa.net

बलिउड अभिनेत्री कंगना रानावतको फिल्म ‘मणिकर्णिका’ रिलिज भएपछि जति प्रशंसा पाइरहेकी छिन त्यति नै विवादको सामना पनि गरिन् । कंगना रनावतको अभिनयसँगै यस फिल्ममा उनले निर्देशनको पनि काम सम्हालिन् । तर फिल्मका सह–निर्देशक क्रिश ले भने कंगना विरुद्ध खुलेरै विरोध गरिरहेका छन् । 

कंगना रनावतले ‘मणिकर्णिका’मा आफूले ७५ प्रतिशत निर्देशनको काम गरेको बताउदै आइरहेका बेला क्रिशले कंगनाले झुठ बोलेको बताएका छन । सम्पूर्ण निर्देशनको काम आफूले गरेको तर कंगनाले हस्तक्षप गरेर निर्देशनको सम्पूर्ण जस आफूले मात्रै लिएको बताएका छन् । साथै अन्य कलाकारको भूमिका छोट्याउँदै आफूलाई मात्रै दमदार देखाउन खोजेको आरोप लगाएका छन् । 

क्रिशको यस किसिमको बयानपछि कंगनाकी दिदी रंगोली चन्देलले त्यो कुरा झुठ रहेको बताएकी थिइन् । अहिले फिल्मका निर्माता कमल जैन पनि यस विषयमा बोलेका छन् । कमल जैनले अभिनेत्री कंगना रनावतको समर्थन गर्दै भने, ‘क्रिशले यस किसिमको व्यवहार देखाउदै गलत तरिकाबाट फिल्मको जस लिनु एकदमै दःख लाग्दो कुरा हो ।

कसलाई कति जस दिने भन्ने कुराको निर्णय मेरो र स्टुडियोको थियो । हामीले सम्बन्धित व्यक्तिलाई उनीहरुको कामका आधारमा जस दिएका हौं । सबै कुरा हामीले क्रियटिभ र प्रोडक्शन टीमको सहमतिका आधारमा गरेका थियौँ ।’

कमल जैनले कंगनाको कामको प्रशंसा गर्दै भने ‘कंगना फिल्मको शुरुवात देखि अन्त्यसम्म फिल्मका साथ रहिरहिन् । तर अहिले आएर उनै कंगनालाई यस किसिमको आरोप लगाइनु एकदमै दु:खदायी कुरा हो ।’

उनले भने, ‘क्रिशले मिडियामा दिएको विवादित बयानले प्रष्ट हुन्छ की उनी फिल्मलाई नोक्सान पुर्‍याइ रहेका छन् । यदि उनलाई आफूमाथि वास्तवमै अन्याय भएको छ भन्ने ठान्छन् भने उनी किन कानुनको सहायता लिइरहेका छैनन् ?’

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया