राष्ट्रपति भण्डारीद्वारा क्रिकेट टोलीलाई बधाई

 माघ २१, २०७५ सोमबार १४:१०:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेपाली क्रिकेट टोली यूएईसँगको तीन एकदिवसीय र तीन टी–२० शृङ्खला जित्दै सोमबार स्वदेश फर्कँदै छ ।

अहिले नेपाली टोलीलाई बधाई दिने र नेपाली क्रिकेटको विकासमा नेपाल सरकारले आवश्यक पहलकदमी चाल्नुपर्ने भन्दै माग गर्नेहरुको संख्या बढिरहेको छ । 

त्यसै क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि नेपाली क्रिकेट टोलीले ऐतिहासिक सफलता हासिल गरेको भन्दै बधाई दिनुभएको छ । साथै उहाँले नेपालमा लोकप्रिय बन्दै गएको क्रिकेट खेलको प्रवद्र्धनका लागि शैक्षिक प्रतिष्ठान र सम्बद्ध पक्ष अग्रसर हुने अपेक्षा लिएको बताउनुभएको छ ।

राष्ट्रपति भण्डारीको आधिकारिक ट्विटर ह्याण्डलमा लेखिएको छ, ‘नेपालले यूएईमा भएको तेस्रो टी–२० क्रिकेट खेलमा ऐतिहासिक सफलता हासिल गरेकोमा राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई दिँदै उत्तरोत्तर प्रगतिको कामना गर्दछु । हाम्रो देशमा लोकप्रिय बनेको क्रिकेट खेलको प्रवद्र्धनका लागि शैक्षिक प्रतिष्ठान र सम्बद्ध पक्ष अग्रसर हुने अपेक्षा लिएको छु ।’

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया