खेलाडीले परिवार कसरी पालेका छन् भनेर सरकारले सोचेन : प्रशिक्षक टमाटा

 माघ २१, २०७५ सोमबार १८:११:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले नेपाली खेलाडीले विश्वस्तरीय प्रदर्शन गरेको तर सरकारले भने खेलाडीको बारेमा नसोचेको बताउनुभएको छ । 

यूएईमा एकदिवसीय र ट्वेन्टी–ट्वेन्टी सिरिज जितेर नेपाल फर्किएपछि त्रिभुवन विमानस्थलमा प्रशिक्षक टमाटाले खेलाडीको बारेमा पनि सरकारले सोच्नुपर्ने बताउनुभयो । 
‘घाइते हुँदा पनि खेलाडी आँसु लुकाएर खेलेका छन्, घरको अवस्था खत्तम हुँदा पनि खेलेका छन् यो कुरा खै कस्ले ख्याल गरेको छ र ?’, टमाटाले भावुक हुँदै भन्नुभयो, ‘हाम्रा खेलाडीले २-३ वर्षदेखि तलव पाएका छैनन, उनीहरुले कसरी परिवार पालेका छन् भनेर राज्यले कहिले सोच्ने ?’

आईसीसीसँग सहकार्य गरेर क्यानमाथिको निलम्बन फुकुवा गर्ने र खेलाडीको हकहितको लागि पनि सरकारले काम गरेमा यस्ता जितमा अझै धेरै खुशी हुने ठाउँ रहने पनि टमाटाले बताउनुभयो । 
 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया