उर्जा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनामा प्रगति निराशाजनक
मंसिर १२, २०८१ बुधबार
काठमाण्डौ – टी–२० क्रिकेटको वरीयतामा नेपालले ४ वटा देशलाई पछि पारेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले सोमबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १४औँ स्थानमा छ । नेपालले टी–२० वरीयतामा आयरल्याण्ड, ओमन, हङकङ, यूएईलाई पछि पारेको हो ।
नेपालले यूएईविरुद्धको टी–२० र एकदिवसीय सिरिज जितेको थियो । त्यही नतिजाका आधारमा ४ टिमलाई पछि पार्न सफल नेपालले टी–२० वरीयतामा ४३ रेटिङ पाएको छ ।
एकदिवसीयमा भने नेपाल १५औँ स्थानमा यथावत छ । १४ औँ स्थानमा रहेको यूएईसँग समान १५ रेटिङ भए पनि प्वाइन्ट्सका आधारमा नेपाल पछि परेको हो ।
टी–२० को शीर्ष स्थानमा पाकिस्तान र एकदिवसीयको शीर्ष स्थानमा भारत छ ।
खेलाडीतर्फ टी–२० वरीयतामा नेपालका कप्तान पारस खड्काले एक स्थान सुधार गरेका छन् । यस महिना पारस ९६औँ स्थानमा छन् । अघिल्लो महिना उनी ९७ औँ स्थानमा थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।