भारतसँगको टेस्टमा अस्ट्रेलिया पहिलो पारीमा १ सय ४ रनमै अलआउट
मंसिर ८, २०८१ शनिबार
धादिङ – तामाङहरुको महान पर्व सोनाम ल्होछार (फाग ल्हो) को अवसरमा धादिङबेसी तामाङ समुदायको सांस्कृतिक झाँकी र पहिरनले रङ्गीन देखियो ।
धादिङबेसी पुछारबजारबाट सांस्कृतिक र्याली सुरु भएर बजारभरि परिक्रमा गर्दाको रौनकले बजारलाई नौलो छनक दियो ।
नेपाल तामाङ घेदुङ धादिङले आयोजना गरेको विशेष शुभकामना कार्यक्रममा नेपाल तामाङ घेदुङका पूर्व अध्यक्ष परशुराम तामाङको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा संघीय सांसद खेम लोहनी, प्रदेश सभाका सांसद जगत सिम्खडालगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
संस्कृति प्रवर्द्धन गर्नका लागि तामाङ समुदायले परापूर्वकालदेखि चलिआएको घोडचढी नाच, लामा नाच, झाँक्री नाचलगायतका प्रदर्शनी गरिएको थियो । परम्परागत पहिरनसहित र्यालीमा सहभागी महिला पुरुषहरुले नयाँ वर्षको शुभकामना आदान-प्रदान गरे ।
ल्होछार मनाउने समूदायमा ’ल्हो’ अर्थात् वर्ष फेर्ने वा नयाँ वर्ष सुरु गर्ने दिवसको रुपमा सुँगुर वर्षको रुपमा यो वर्षलाई स्वागत गरिएको छ । यो २८५५ औँ सोनाम ल्होछार हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।