उर्जा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनामा प्रगति निराशाजनक
मंसिर १२, २०८१ बुधबार
भारतविरुद्धको टी–२० शृङ्खला अन्तर्गत पहिलो खेलमा न्यूजिल्याण्डले ८० रनको जित निकाल्दै तीन खेलको श्रृंखलामा १–० को अग्रता हासिल गरेको छ ।
वेलिङटनमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ओभरमा ६ विकेट गुमाएर २१९ रन बनाएको थियो ।
पाँच खेलको एक दिवसीय श्रृंखला ४–१ ले गुमाएको न्यूजिल्याण्डले पहिलो टी–२० मा विजयी सुरुआत गरेकाे छ । उच्च स्कोर बनाउने क्रममा न्यूजिल्याण्डका लागि ओपनर टिम सिफर्टले ८४ रनको सानदार पारी खेले । उनले ४३ बल खेलेर ६ छक्का र ७ चौका प्रहार गरे ।
कोलिन मन्राे र कप्तान केन विलियमसनले समान ३४-३४ रनको योगदान दिए भने रस टेलरले २४ तथा स्कट कुजेलेनले ७ बलमा २० रनको योगदान दिए ।
बलिङतर्फ भारतका हार्दिक पण्ड्याले २ विकेट लिए भने भुवनेश्वर कुमार, खलील अहमद, क्रुणाल पण्ड्या र युजवेन्द्र चहलले एक एक विकेट लिए ।
२ सय २० रनको लक्ष्य पछ्याएको भारतीय टिम १९.२ ओभरमा १३९ रनमै अल आउट भयाे । नियमित कप्तान विराट कोहलीलाई आराम दिइएको शृङखलामा भारतकाे सुरुआत कमजोर देखियाे ।
भारतका लागि महेन्द्र सिंह धोनीले सर्वाधिक ३९ रन बनाए भने शिखर धवनले २९, विजय शंकरले २७ र क्रुणाल पण्ड्याले २० रन बनाए । अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् ।
भारतको पारी ध्वस्त पार्न न्यूजिल्याण्डका टिम साउदीले ३ विकेट लिए । टिम सिफर्ट खेलको म्यान अफ द म्याच चुनिए । यी दुई टिमबीचको दोस्रो टी–२० शुक्रबार हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।