अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
रुपन्देही – आउँदो पाँच वर्षभित्र निरपेक्ष गरिबीको रेखामूनि रहेको जनसंख्यालाई १० प्रतिशतमा झार्ने लक्ष्यसहितको प्रथम आवाधिक योजनाको अवधारणा पत्र प्रदेश नम्बर पाँचको सरकारले तयार गरेको छ ।
पछिल्लाे जनगणनाअनुसार प्रदेश नम्बर पाँचमा २४ दशमलब पाँच प्रतिशत जनसंख्या निरपेक्ष गरिबीको रेखामुनि रहेको छ । प्रदेश पाँचको जनसंख्या ४४ लाख ९९ हजार रहेको छ ।
प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर प्रकाशकुमार श्रेष्ठले १२ वटै जिल्लामा पुगेर स्थानीय तहका जनप्रतिनिधि, निजी क्षेत्र र नागरिक समाजसँगको रायसुझावअनुसार निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्यालाई १० प्रतिशतमा झार्ने लक्ष्य तय गरी अवधारणापत्र तयार गरिएको बताउनुभयो । मुख्य शहरमा विद्युतीय बस र रेल्वे सेवा सुरु गर्ने लक्ष्य पनि आवाधिक योजनामा रहेको छ ।
२० लाख बाह्य पर्यटक भित्राउने र औद्योगिक उत्पादनमा अग्रणी प्रदेशको रुपमा पाँच नम्बर प्रदेशलाई स्थापित गर्ने लक्ष्य समेटिएका छन् । प्रदेश पाँचमा ५१ दशमलब ९ प्रतिशत जनसंख्या इन्टरनेटको पहँुचमा रहेकोमा यसलाई बढाएर ९० प्रतिशत पुराउने योजनामा उल्लेख छ ।
सरदर आयु ६७ वर्ष ५ महिना रहेको र बालमृत्यु दर ४२ दशमलब ४ रहेकोमा क्रमशः ७२ वर्ष र ३० प्रतिशत पुर्याउने लक्ष्य योजनामा उल्लेख छ ।
योजना आयोगका उपाध्यक्ष श्रेष्ठका अनुसार प्रदेशको कुल ग्राहस्थ उत्पादन वृद्धिदर ९ दशमलब ५ प्रतिशत र कूल उपभोक्ता मूल्यवृद्धि दर ६ प्रतिशत रहेको छ ।
रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ ।