तमाम हर्कतका बाबजुद मेरो नाम #MeToo आन्दोलनमा आएन : शत्रुघन सिन्हा

 माघ २४, २०७५ बिहिबार ११:१:१९ | एजेन्सी
unn.prixa.net

बीजेपी सांसद तथा बलिउड अभिनेता शत्रुघन सिन्हाले बुधबार आफ्नो नाम कहिल्यै पनि #MeToo  आन्दोलनमा नआएको बताउँदै भाग्यशाली भएको बताए । 

नेता तथा अभिनेता सिन्हाले हरेक पुरुषको असफलतामा एक महिलाको हात हुने पनि बताए । 

आफूले #MeToo  आन्दोलनलाई मजाकका रुपमा नउडाएको बताउँदै सिन्हाले यसलाई केबल ‘हास्य’ का रुपमा मात्रै लिन आग्रह गरे । 

एउटा पुस्तक विमोचन समारोहमा सहभागी हुँदै उनले भने, ‘ आज #MeToo  को दिनमा मलाई यो भन्नमा कुनै अप्ठेरो लाग्दैन कि एउटा पुरुषको असफलता महिलाको हात हुन्छ । म आफूलाई निकै भाग्यमानी ठान्छु कि मेरा तमाम हर्कतका बाबजुद पनि मेरो नाम #MeToo  आन्दोलनमा आएन ।’

अभिनेता सिन्हाले आफ्ना लागि पत्नी पूनम ‘देवी’ र ‘सबैथोक’ भएको पनि प्रतिक्रिया दिए । 
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया