आइतवारदेखि हुन लागेको लगानी सम्मेलनमा नेपालले एक सय ५१ वटा...
बैशाख १४, २०८१ शुक्रबार
रुपन्देही - रुपन्देहीमा घर भएका ६ जना नेकपाका प्रदेश सभा सदस्यले घरभाडा नलिने भएका छन् ।
नेकपा प्रमुख सचेतक भुमिश्वर ढकाल, सचेतक दधिराम न्यौपाने, सांसदहरु डाक्टर कृष्ण न्यौपाने, भोजप्रसाद श्रेष्ठ र कमला बिक ले घरभाडा नलिने घोषणा गर्नुभएको हो ।
प्रदेश सभाले प्रति सांसद प्रतिमहिना १५ हजार घरभाडा दिँदै आएको छ । यसअघि लिएको घरभाडा फिर्ता गर्ने घोषणा नगरेका ती प्रदेशसभाका सदस्यहरुले अब भने घरभाडा नलिने भन्दै प्रदेश सभा सचिवालयमा हस्ताक्षर गरेका छन् ।
प्रदेश राजधानी रहेको रुपन्देहीमा घर हुने सांसदहरुलाई घरभाडा नलिन नेकपा संसदीय दलले आग्रह गरेको थियो । रुपन्देहीमै घर हुने कांग्रेस र संघीय समाजवादी फोरमका सांसदहरुले भने घरभाडाका विषयमा निर्णय गरेका छैनन् ।
तर उनीहरुलाई पनि घरभाडा नलिन दवाव भने आइरहेको एकजना प्रदेश सभा सदस्यले बताए । ८७ सदस्यीय प्रदेश सभामा १ जना मन्त्रीसहित १८ जना सांसदहरुले प्रतिनिधित्व गर्दै आएका छन् ।
रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ ।