उर्जा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनामा प्रगति निराशाजनक
मंसिर १२, २०८१ बुधबार
नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको टिम मेलवर्न स्टार्सले सिड्नी सिक्सर्सलाई ९४ रनले पराजित गरेको छ । टस हारेर पहिला ब्याटिङ गरेको मेलवर्नले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको थियो । १६९ रनको लक्ष्य पछ्याउने क्रममा सिड्नी ७४ रनमा समेटियो ।
योसँगै मेलवर्न स्टार्सले चौथोहुँदै सुपर फोरको यात्रा तय गर्न पनि सफल भएको छ । मेलवर्नका लागि नेपालका सन्दीप लामिछानेले टिमको ८ औं ओभरमा व्यक्तिगत पहिलो ओभर लिएर आएका थिए ।
उनले पहिलो ओभरमा टिम कुरनलाई आउट गर्दै टिमलाई छैटौं तथा व्यक्तिगत पहिलो विकेट लिए । पहिलो ओभरमा जम्मा एक रन खर्चिएका सन्दीपले दोस्रो ओभरमा ६ रन दिए । व्यक्तिगत तेस्रो ओभर बलिङ टिमको १२ ओभरमा गरेका थिए । जसमा उनले बेन डेरसिसलाई म्याक्सवेलको हातबाट क्याच आउट गराए ।
आफ्नो स्पेलको अन्तिम ओभर उनले १४ ओभरमा गरेका थिए । तर उनले पुरै ओभर बलिङ गर्न पाएनन् । १४ औं ओभरको चौथो बलमा लियोड पोपे आउट भएपछि सिड्नी ७४ रनमा समेटिन पुग्यो । सन्दीपले आज महत्वपूर्ण तीन विकेट लिँदा ११ रन खर्चिए । उनी आज सबैभन्दा कम इकोनोमी रेटमा विकेट लिने खेलाडी बने ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।