उर्जा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनामा प्रगति निराशाजनक
मंसिर १२, २०८१ बुधबार
चेल्सीलाई ६–० गोलले हराउँदै म्यानचेस्टर सिटी पुनः इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
घरेलु मैदान इथिहाड रंगशालामा सर्जियो एग्युरो प्रेरित सिटीले चेल्सीलाई लज्जास्पद हार चखायो । एग्युरोले प्रिमियर लिगमा ११ ह्याट्रिकको कीर्तिमान बराबरी गर्दा रहिम स्टिर्लिंगले २ र गुण्डोगानले १ गोल गरे ।
जितपछि सिटीको २७ खेलबाट ६५ अंक भएको छ र उसले शीर्ष स्थानमा पुनरागमन गरेको छ । एक खेल कम खेलेको लिभरपुलको पनि समान अंक छ । गोलअन्तरमा लिभरपुल सिटीभन्दा पछि छ ।
यो हार चेल्सीका लागि भने महंगो परेको छ । उसले चौथो स्थानमा उक्लने अवसर गुमाएको छ । पाँचौं स्थानमा रहेको चेल्सीको २६ खेलबाट ५० अंक छ । समान खेलबाट चौथो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको ५१ र छैटौं स्थानमा रहेको आर्सनलको ५० अंक नै छ ।
चौथो मिनेटमै स्टर्लिंगले सिटीका लागि गोलको खाता खोलेका थिए । एग्युरोले ६ मिनेटको अन्तरमा २ गोल गरेपछि सुरुआती २० मिनेटभित्रै चेल्सी ३–० ले पछि परेको थियो । उनले १३औं र १९औं मिनेटमा गोल गरेका थिए ।
२५औं मिनेटमा गुन्डोगानले गोल गरी पहिलो हाफमा सिटीको अग्रता ४–० मा पुर्याए । दोस्रो हाफमा सिटीले २ गोल थप्यो । एग्युरोले ५६औं मिनेटमा पेनाल्टीमार्फत गोल गरी प्रिमियर लिगमा ११औं ह्याट्रिकसहित कीर्तिमान बराबरी गरे ।
यसअघि प्रिमियर लिगमा ह्याट्रिकको कीर्तिमान एलन सेररको नाममा थियो । उनले सन् १९८८ देखि २००६ सम्म साउथह्याम्प्टन, ब्ल्याकबर्न रोभर्स र न्युकाशल युनाइटेडबाट खेल्दा यो उपलप्धि हासिल गरेका थिए ।
८० औं मिनेटमा स्टर्लिंगले व्यक्तिगत दोस्रो गोल गर्दा सिटीले ६–० को जित निकाल्यो । यो प्रिमियर लिगमा सन् १९९१ यता चेल्सीको सबैभन्दा खराब नतिजा हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।