उर्जा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनामा प्रगति निराशाजनक
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै - नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले टी–२० को अलराउण्डरमा ४० औं स्थानमा समावेश भएका छन् ।
आईसीसीले आज सार्वजनिक गरेको वरीयतामा पारस ७६ रेटिङका साथ ४०औँ स्थानमा पुगेका हुन् । यूएईविरुद्धको सिरिज जितेपछि पारसको रेटिङ प्वाइन्ट बढेको हो ।
कप्तान पारस खड्का आफ्नो करियरकै उच्च रेटिङमा रहेका छन् । यसअघि पारस अलराउण्डर तर्फ ४३ र ब्याट्सम्यान तर्फ ९३ औँ स्थानमा थिए । यस्तै उनी ब्याट्सम्यानतर्फ ३०५ अंकका साथ ९० औँ स्थानमा रहेका छन् ।
यस्तै नेपाली बलर सोमपाल कामी टी–२० तर्फ अलराउण्डमा ५१ औँ स्थानमा छन् । यसअघि उनी ६४औं स्थानमा थिए । टी–२० बलरको वरीयतामा सोमपाल ७० तथा बसन्त रेग्मी ७१औं स्थानमा छन् ।
बलिङतर्फ यसअघि सोमपाल ९४औं स्थानमा थिए । सन्दीप लामिछाने बलिङतर्फ ३६ स्थान सुधार गर्दै १५९ औं स्थानमा रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।