प्रदर्शनको पाँचौ हप्तामा ‘उरी’ ले गर्‍याे ‘बाहुबली-२’ को भन्दा बढी व्यापार

 माघ २९, २०७५ मंगलबार १८:२९:३१ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री यामी गौतम अभिनित फिल्म ‘उरीः द सर्जिकल स्ट्राइक’ ले प्रदर्शनको चौथो हप्तासम्म पनि बक्स अफिसमा राम्रो प्रदर्शन गर्‍यो । यस फिल्मले प्रदर्शनको पाँचौ हप्तामा झनै शानदान व्यापार गरेको छ ।

फिल्मले प्रदर्शनको पाँचौ हप्तामा २०० करोडभन्दा धेरै व्यापार गरिसकेको छ । फिल्म ‘उरीः द सर्जिकल स्ट्राइक’ ले प्रदर्शनको पाँचौ हप्तामा १२ करोड कमाएको छ । फिल्म ‘बाहुबली २’ ले प्रदर्शनको पाँचौ हप्तामा यस फिल्मको भन्दा कम कमाइ गरेको थियो । बाहुबली-२ ले पाँचाै हप्तामा ११.८८ कराेड कमाएकाे थियाे ।

फिल्म ‘उरी’ लाई दर्शकले समेत सकारात्मक प्रतिक्रिया दिइरहेका छन । ‘उरी’ ले प्रदर्शनको चौथो र पाँचौ हप्तामा ‘बाहुबली २’ले बनाएको रेकर्ड तोडिदिएको छ ।

प्रदर्शनको पाँचौ हप्तामा यस फिल्मले जम्मा २१४.५६ करोडको व्यापार गरिसकेको छ । बलिउडमा सर्वाधिक कमाइ गर्ने फिल्महरुको सूचीमा ‘उरी’ ११ औं स्थानमा रहेको छ ।

१० औं स्थानमा रणवीर सिंहको फिल्म ‘सिम्बा’ रहेको छ । यस फिल्मले यति नै समयमा २४० करोड कमाएको थियो । 

साथै फिल्म ‘उरीः द सर्जिकल स्ट्राइक’ वर्ष २०१९ को पहिलो ब्लकबस्टर फिल्मसमेत बनेको छ  । यस फिल्मको कहानी वर्ष २०१६ मा भारतमाथि पाकिस्तानले हमला गरेपछि त्यस विरुद्ध भारतीय सेनाले पाकिस्तानसँग गरेको सर्जिकल स्ट्राइकमा आधारित रहेको छ ।

सत्य घटनामा आधारित यस फिल्मको निर्देशन आदित्य धरले गरेका हुन् । फिल्मका अभिनेता विक्की कौशल, यामी गौतमलगायत अन्य कलाकारको अभिनयको प्रशंशासँगैे  उत्कृष्ट फिल्म निर्माण गरेको भन्दै निर्देशक आदित्य धरको पनि चर्चा भइरहेको छ । 


 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया