र्‍यापर कार्डी बीले ग्रामी अवार्ड जितेपछि बन्द गरिन् इन्स्टाग्राम अकाउन्ट

 फागुन १, २०७५ बुधबार १५:१६:३१ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – र्‍यापर कार्डी बीले उनको एल्बम ‘इन्भेजन अफ् प्राइभेसी’ बाट ग्रामी अवार्ड जित्दा उनको आलोचना भएपछि इन्स्टाग्राम अकाउन्ट डिलिट गरेकी छिन् ।  कार्डीले इन्स्टाग्राम अकाउन्ट डिलिट गर्नुअघि एक भिडियो पोष्ट गरेकी थिइन् ।  भिडियोमा उनले आफ्नो आलोचना गर्नेहरुलाई जवाफ फर्काएकी थिइन् । 

उनले भनेकी थिइन ‘कसैलाई अगाडि बढाउनका लागि दोस्रो व्यक्तिलाई निच देखाउने मेरो बानी छैन र म यस कुराको समर्थन पनि गर्न सक्दिनँ । आज म धेरै नै आलोचनात्मक म्यासेजहरु देखिरहेकी छु र हिजो राति पनि यस्तै गलत म्यासेजहरु आएका थिएँ । तर मैले जितिसकेँ । मैले मेरो एल्बमका लागि कडा मेहनत गरेकी थिएँ ।’ 

कार्डी बीको एल्बम ‘इन्भेजन अफ् प्राइभेसी’ ग्रामी अवार्डका लागि योग्य नभएको भन्दै आलोचना भएको थियो । तर कार्डीले भने आफू गर्भावस्थामा भएका बेला पनि यस एल्बमका लागि कडा मेहनत गरेको र आफ्नो एल्बम हरेक चार्टमा टपटेनमा रहेको पनि बताइन् ।

साथै कैयौं पटक १ नम्बरमा पर्न सफल रहेको समेत बताएकी थिइन् । 
 
 

 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया