राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक दुई वटा ट...
बैशाख १५, २०८१ शनिबार
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार विरोधी अभियानमा झिङ्गामात्रै मार्ने नभई बाघ फेला परे पनि नछाडिने दावी गर्नुभएको छ ।
‘नेपालको पानी, जनताको लगानी’ कार्यक्रमको उद्घाटन गर्दै उहाँले भ्रष्टाचारमा जतिसुकै ठूला भनिएकाहरु भए पनि नछाडिने बताउनुभयो ।
‘छिमेकी देश चीनमा एउटा भनाइ छ, सि जिनफिङले एउटा कुरा भन्नुभएको छ, भ्रष्टाचार विरोधी अभियानले झिङ्गा मात्रै मार्ने होइन । यो अभियानमा झिङ्गामात्रै मारेर हुँदैन बाघ फेला परे त्यसलाइ पनि छाडिन्न भन्ने, हो त्यस्तै नेपालमा पनि मेरो नीति त्यही हो’, ओलीले भन्नुभयो, ‘भ्रष्टाचार विरोधी अभियानमा झिङ्गामात्रै मारेर हुँदैन बाघ फेला परे त्यो पनि जान्छ ।’
ट्रान्सपरेन्सी इन्टरनेशनलले पछिल्लो पटक सार्वजनिक गरेको भ्रष्टाचार हुने देशहरुको सूचिमा नेपाल झनै तल खस्केको देखाएको छ । प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा शुन्य सहनशीलता अपनाइएको भन्न नछोडे पनि भ्रष्टाचार झनै मौलाउँदै गएको देखाएको हो ।
प्रधानमन्त्री ओलीले अहिले विभिन्न प्रकारका कुप्रचार छर्ने काम भइरहेको भन्दै त्यस्तो भ्रममा नपर्न पनि आग्रह गर्नुभयो ।
‘अन्यौल सिर्जना गर्ने दुष्प्रयासहरु भइरहेको छ, राष्ट्र निर्माण र समृद्धि हासिल गर्ने कुरा हाम्रै पालामा सम्भव छ,’ उहाँले भन्नुभयो, ‘त्यसका लागि आत्मविश्वासका साथ अघि बढौँ, यसमा ढुक्क हुनुस् साथीहरु, यो अभियान राष्ट्र निर्माणको अभियान हो ।’