उर्जा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनामा प्रगति निराशाजनक
मंसिर १२, २०८१ बुधबार
बिग ब्याश लिगमा सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्सले ब्याट फ्लिप गरेर पहिले बलिङ गरेकाे छ ।
होबर्टमा जारी खेलमा घरेलु टिमविरुद्धको सेमिफाइनल खेलका लागि नेपाली युवा बलर सन्दिप लामिछाने प्लेइङ सेटमा परेका छन ।
सन्दीपले लिग चरणको अन्तिम खेलमा ११ रनमात्र खर्चिएर तीन विकेट लिएका थिए । जसका कारण मेलबर्न सेमिफाइनलमा पुगेको थियो । यसअघिको खेलमा मैदानमा उतारेको टिममा मेलबर्नले निक लार्किनको स्थानमा चोटग्रस्त ज्याक्सन कोलम्यान परेका छन् ।
एकदिवसीय र टी-२० सिरिजमा नेपालका उपाधि दिलाउँदा महत्वपूर्ण सदस्य रहेको सन्दिपले त्यसअघि बिग ब्याश लिगमा उत्कृष्ट प्रदर्शन गर्दै चार खेलमा ८ विकेट लिएका थिए । त्यसपछि फेरी नेपालको सिरिज खेलेर अष्ट्रेलिया पुगेका उनले पहिलो खेलमा केही महंगो बलिङ गरेका थिए । तर लिग चरणको अन्तिम खेलमा सन्दीपले उत्कृष्ट बलिङ गर्दै मात्र ११ रन खर्चिएर तीन विकेट हात पारेका थिए ।
जारी बीबीएलमा सन्दीपले ६ खेलमा ११ विकेट लिइसकेका छन् । बिग ब्याशमा सन्दीप कम रन दिएर धेरै विकेट लिने खेलाडीको सूचीमा तेस्रो स्थानमा छन् । उनीभन्दा अगाडि बेन ड्र्वास्विस र डेनियल साम्स रहेका छन । डेनियलले ५ रन दिएर तीन विकेट लिएका छन भने बेनले सात रन दिएर तीन विकेट हात पारेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।