गण्डकी प्रदेशले ‘वार रुम’ बनाउने

 फागुन ३, २०७५ शुक्रबार ६:३०:२१ | रासस
unn.prixa.net

कास्की – गण्डकी प्रदेश सरकारले सरकार गठनको एक वर्ष पूरा भएका अवसरमा ‘वार रुम’ स्थापना गर्ने भएको छ । 

मुख्यमन्त्रीले शपथ लिएको यही फागुन ४ गते एक वर्ष पुग्न लागेका अवसरमा वार रुम स्थापना गरी प्रदेशका ११ जिल्लामा भइरहेको विकास निर्माणका स्थिति, भूकम्प र बाढीपहिरो पीडितको अवस्थालगायत विकास निर्माण र शान्ति सुरक्षाको अवस्था अनुगमन गरिने आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले जानकारी दिनुभयो । 

बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिलको पालामा दोस्रो विश्व युद्धका समयमा निर्मित‘वार रुम’ बाट युद्ध कसरी गर्ने, कहाँ सेना खटाउने जस्ता कामको अनुगमन गरिन्थ्यो । वार्षिकोत्सवमा गण्डकी प्रदेशमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने सरकारको योजना छ । 

नेपाल भ्रमण वर्ष सफल बनाउन गण्डकी प्रदेश सरकारले आन्तरिक भ्रमण वर्ष पनि घोषणा गर्न लागेको छ । यसबीचमा सरकारले विभिन्न आयोजनाको विस्तृत आयोजना प्रतिवेदन तयारीलाई अघि बढाएको बताइएको छ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया