उर्जा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनामा प्रगति निराशाजनक
मंसिर १२, २०८१ बुधबार
भारतमा भैरहेको हिरो महिला फुटबलको उपाधिका लागि आज नेपाल र म्यानमार खेल्दै छन् । पहिलो खेलमा नेपाल म्यानमारसँग ३–० ले पराजित हुँदै प्रतियोगिताको सुरुवात गर्दा घरेलु टोली भारतले इरानलाई पराजित गर्दै सुखद् सुरुवात गरेको थियो । फिफा वरियतामा ४४ औैं स्थानमा म्यानमार रहँदा इरान ६० तथा भारत ६२ औं स्थानमा थिए ।
प्रतियोगितामा सबैभन्दा कम वरियतामा रहेको नेपालले म्यानमारसँग पराजित हुँदा बाँकी दुवै खेलमा जित निकालेको थियो । भारतमाथि २–१ को जित निकालेको नेपालले अन्तिम खेलमा इरानमाथि ३–० को फराकिलोे जित दर्ता गर्न सफल भयो ।
इरानले कुनै पनि खेल नजित्दा भारतले एक खेल जित्यो भने २ खेल जितेको नेपाल र तीन खेल नै जितेको म्यानमार फाइनलमा पुगेका हुन् ।
फाइनलमा आज नेपालले म्यानमारसँग पहिलो खेलमा व्यहोरेको हारको बदला लिने प्रयासमा हुने छ । म्यानमार पनि लगातार अपराजित रहँदै प्रतियोगिता टुंग्याउने तयारीमा छ । म्यानमार र नेपालबीचको फाइनल खेल साँझ सवा ६ बजे सुरु हुने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।