उर्जा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनामा प्रगति निराशाजनक
मंसिर १२, २०८१ बुधबार
वेष्ट इन्डियन खेलाडी क्रिस गेलले आसन्न विश्वकपपछि एकदिवसीय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।
विश्व क्रिकेटमा विस्फोटक ब्याट्सम्यान गेलले इंग्ल्याण्ड र वेल्समा हुने विश्वकप क्रिकेटपछि आफूले एकदिवसीय फरम्याटबाट बिदा हुने बताएका छन् । ३९ वर्षीय बाँया हाते ब्याट्सम्यान गेलले एक दिवसीय क्रिकेटमा नौ हजार सात सय २७ रन पुर्याएका छन् ।
उनी वेष्ट इन्डिजका लागि धेरै रन बनाउने दोस्रो खेलाडी हुन् । वेष्ट इन्डिजका लागि ब्रायन लाराले सबै भन्दा धेरै रन बनाएका छन् । सन् १९९९ मा राष्ट्रिय टिममा डेब्यू गरेका गेलले २८४ खेल खेलका छन् ।
आउँदो बुधबारबाट हुने इंग्ल्याण्ड विरुद्धको ५ एकदिवसीय सिरिजका लागि गेल टिममा परेका छन् । गेलले करियरको अन्तिममा विश्वकप जितेर बिदाइ हुन पाए त्यो भन्दा खुसीको क्षण केही नहुने बताए ।
एकदिवसीय क्रिकेटमा गेलले २३ वटा सतक बनाएका छन् । जसमा उनको उच्च स्कोर दुई सय १५ रन रहेको छ । उनले यो स्कोर २०१५ मा जिम्बावेविरुद्ध गरेका थिए । जुन एकदिवसीय क्रिकेटमा चौथो उच्च स्कोर हो ।
यसका साथै उनले पार्टटाइम स्पिनरका हिसाबले पनि एकदिवसीय एक सय ६५ विकेट लिएका छन् । सन् २००४ मा इंग्ल्याण्डमा भएको च्याम्पियन्स ट्रफिको उपाधि वेष्ट इन्डिजले जित्दा उनी टिमको महत्वपूर्ण सदस्य रहेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।