पुलवामा आक्रमणपछि टी–सिरिजले हटायो राहत र आतिफका गीतहरु

 फागुन ६, २०७५ सोमबार १६:५०:३० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतको कश्मीरमा भारतीय सीआरपीएफमाथि भएको आतंककारी हमलापछि भारतमा टी–सिरिज म्यूजिक कम्पनीले पाकिस्तानी गायक राहत फतेह अली खान र आतिफ अस्लमका गीतहरु हटाएको छ । 

महाराष्ट्र नवनिर्माण सेनाले पुलवामा आतंककारी हमलापछि बलिउड फिल्म उद्योगलाई पाकिस्तानी कलाकारहरुमाथि प्रतिबन्ध गर्न भनेको थियो । 

टी–सिरिज कम्पनीले आफ्नो यूट्यूब च्यानलका साथै अन्य सामाजिक सञ्जाल पोर्टलबाट पनि पाकिस्तानी गायकका म्यूजिक भिडियोहरु हटाएको छ । टी–सिरिज कम्पनीले राहत फतेह अली खान र आतिफ अस्लमसँग हालैमात्रै नयाँ गितको लागि सम्झौता गरेको थियो ।

तर टी–सिरिज कम्पनीले शहीद सैनिक जवानका परिवारको समर्थनमा पाकिस्तानी गायकका भिडियोहरु हटाएको छ । खबरहरुका अनुसार टी–सिरिज कम्पनी अहिले भारतीय नागरिहरुको भावनालाई ध्यानमा राख्दै पाकिस्तानी कलाकारहरुसँग सम्बन्धित कुनै पनि विषयवस्तुलाई बढावा दिन नखोजेको बताइएको छ ।  

यस्तै महाराष्ट्र नवनिर्माण सेनाले भारतीय म्यूजिक कम्पनीहरु टी–सिरिज, सोनी म्यूजिक, भेनस, टिप्स म्यूजिकलगायतलाई पाकिस्तानी गायकहरुका साथ काम नगर्न भनेको थियो ।

पाकिस्तानी गायकहरुका साथ काम गरिरहेको टी–सिरिज कम्पनीलाई कम्पनी बन्द गरिदिने चेतावनी दिएको थियो । साथै महाराष्ट्र नवनिर्माण सेनाले आफूहरुले दिएको धम्कीका कारण टी–सिरिज कम्पनीले पाकिस्तानी गायकहरुका भिडियोहरु हटाएको बताएको छ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया