उर्जा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनामा प्रगति निराशाजनक
मंसिर १२, २०८१ बुधबार
वेष्ट इन्डिजविरुद्धको पहिलो एक दिवसीय खेलमा इंग्ल्याण्डले कीर्तिमानी जित निकालेको छ ।
इंग्ल्याण्डको इतिहासमा सर्वाधिक रन पछ्याएर जित निकाल्ने क्रममा वेष्ट इन्डिजलाई ६ विकेटले हरायो ।
घरेलु मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले ५० ओभरमा आठ विकेट गुमाउँदै तीन सय ६० रन बनाएको थियो । वेष्ट इन्डिजका ओपनर क्रिस गेलले आक्रामक पारी खेल्दै एक सय ३५ रन बनाउँदा शाइ होपले ६४ रनको योगदान गरे ।
यस्तै ड्वायन ब्राभोले ४० र जेम्स क्याम्बेलले ३० रन बनाए । बलिङमा इंग्ल्याण्डका बेन स्टोक र आदिल रसिदले तीन तीन विकेट लिए ।
जवाफमा इंग्ल्याण्डले ४८ ओभर चार बलमा मात्र चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । उसका लागि जेसन रोय र जो रुटले शतक प्रहार गरे ।
रोयले एक सय २३ रन बनाए भने रुटले एक सय दुई रन बनाए । कप्तान मोर्गनले ६५ रनको योगदान गरे भने जेम्स ब्रेस्ट्रोले ३४ रन थपे ।
जो रुट इंग्ल्याण्डका लागि एक दिवसीय क्रिकेटमा ५ हजार रन बनाउने चौथो खेलाडी बने । यसअघि अइन मोर्गन, इयान बेल र पउल कलिंगउडले ५ हजार रन बनाएका थिए ।
एक दिवसीय क्रिकेटमा कम खेलमा ५ हजार रन पूरा गर्ने उनी चौथो खेलाडी बनेका छन् । यसअघि हसिम अमला, भिभ रिचर्डस र विराट कोहली रहेका थिए ।
वेष्ट इन्डिज एक दिवसीय क्रिकेटको एकै इनिङमा धेरै छक्का प्रहार गर्ने पहिलो टिम बनेकाे छ । उसले २०१४ मा न्यूजिल्याण्डले बनाएको २२ छक्काको रेकर्ड
लाई पछि पारेकाे हाे ।
क्रिश गेल इंग्ल्याण्डविरुद्ध व्यक्तिगत धेरै रन बनाउने वेष्ट इण्डिजका पहिलो खेलाडी साथै सर्वाधिक छक्का प्रहार गर्ने विश्वकै पहिलो क्रिकेटर बनेका छन् ।
उनले ५१४ खेलमा ४८८ छक्का प्रहार गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।