उर्जा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनामा प्रगति निराशाजनक
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै - धनगढीमा जारी डीपीएल क्रिकेट प्रतियोगिताकाठमाण्डाै गोल्डेन्सले बहिष्कार गरेको छ ।
उसका अनुभवी बलर अंकित दबासलाई बलिङ प्रतिबन्ध लगाएपछि आज हुने महेन्द्रनगर युनाइटेडसँगको दोस्रो क्वालिफायर बहिष्कार गरेको हो ।
योसँगै डीपीएलको उपाधिका लागि शनिबार सीवाईसी अत्तरिया र महेन्द्रनगर युनाइटेडले उपाधि भिडन्त गर्ने छन् । नियमविपरीत बलिङ गरेको भन्दै काठमाण्डाैका महत्वपूर्ण खेलाडीसमेत रहेका अंकित दबासलाई डीपीएलमा प्रतिबन्ध लागेपछि काठमाण्डाै आयोजकसँग रुष्ट बनेको थियो ।
काठमाण्डाै गाेल्डेन्सका एक पदाधिकारीले भने, ‘विदेशी खेलाडीमा टिमले धेरै लगानी गरेको हुन्छ, उनलाई प्रतिबन्ध लगाएपछि हामी कसरी खेल्ने ।’ जारी प्रतियोगितामा उत्कृष्ट फर्ममा रहेका दबासले १५३ रन बनाउँदै शीर्ष स्थानमा छन् भने बलिङतर्फ पनि ६ विकेट लिइसकेका छन् ।
‘फ्रेन्चाइज क्रिकेटमा मालिकले जे भन्यो त्यही गर्ने हो, उहाँहरुको निर्णय कुरेर बसेका छौं’, काठमाण्डाैका पदाधिकारीले भने । ‘पाँच म्याचसम्म चाहिँ गलत देखिएन, छैटौं म्याचमा आएर खराब बलिङ भन्ने?, यो निर्णय पूर्वाग्रही देखियो’, उनले थपे ।
कुनै खेलाडीको बलिङमा शंका लागेको खण्डमा व्यापक अनुसन्धानपछि मात्र प्रतिबन्धको निर्णय लिइन्छ । तर यसमा कुनै अध्ययन अनुसन्धानबिना नै प्रतिबन्ध लगाइएको आरोप काठमाण्डाै गोल्डेन्सले लगाएको छ ।
अंकित दबास झारखण्डबाट भारतको रणजी ट्रफी खेलिसकेका खेलाडी हुन् । झारखण्डबाट उनले यू–१६, यू–१९ र यू–२३ पनि खेलिसकेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।