उर्जा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनामा प्रगति निराशाजनक
मंसिर १२, २०८१ बुधबार
भारतविरुद्धको पहिलो टी–२० क्रिकेट अस्ट्रेलियाले ३ विकेटले जितेको छ । आइतबार राति भएको खेलमा १२७ रनको लक्ष्य अस्ट्रेलियाले अन्तिम ओभरको अन्तिम बलमा ७ विकेट गुमाएर पूरा गरेको हो ।
अस्ट्रेलियालाई जित दिलाउन ग्लेन म्याक्सवेलले ५६ रन बनाएका थिए । डेरेक सटले ३७ रन बनाएर आउट भएका थिए । अन्त्यमा पेट कम्युन्स र जे रिचर्डसनले तीन तीन बल खेल्दै सात सात रनमा नटआउट रहेर खेल जिताएका थिए । भारतका लाजि जसप्रित बुम्राहले ३ विकेट लिए । टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १२६ रन बनाएको थियो ।
भारतका लागि केएल राहुलले सर्वा्धिक अर्धशतक सहित ५० रन बनाउँदा महेन्द्रसिंह धोनी २९ रनमा नट आउट रहे । कप्तान विराट कोहली २४ रन बनाउँदै पेभेलियन फर्कदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
अस्ट्रेलियाका नाथन कल्टर नाइलले ३ विकेट लिए । आइतबार रातिको जितसँगै अस्ट्रेलियाले तीन टी–२० सिरिजमा १–० को अग्रता बनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।