‘बोहेमियन राप्सोडी’का रामी मालेकले जिते ओस्कारमा बेस्ट एक्टरको अवार्ड

 फागुन १३, २०७५ सोमबार ९:५७:३० | एजेन्सी
unn.prixa.net

अभिनेता रामी मालेकले यस पटकको ओस्कार अवार्डमा बेस्ट एक्टरको अवार्ड हात पारेका छन् ।  

चलचित्र ‘बोहेमियन राप्सोडी’ मा फ्रेडी मर्करीको भूमिकाका लागि मालेकले ९१औँ संस्करणको एकेडेमी अवार्डमा उत्कृष्ट अभिनेताको अवार्ड हात पारेका हुन् । 

मालेकले ‘भाइस’ मा पूर्व अमेरिकी राष्ट्रपति डिक चेनीको भूमिकामा देखिएका क्रिस्टियन बेल र ‘अ स्टार इज बर्न’ मा ज्याक मेनको भूमिकाका देखिएका ब्राड्ले कूपरलाई पछि पार्दै उत्कृष्ट अभिनेताको अवार्ड जितेका हुन् ।

‘बोहेमियन राप्सोडी’ ब्रिटिस रकब्यान्ड ‘क्वीन’ का लिड सिंगर फ्रेडी मर्करीको जीवनमा आधारित चलचित्र हो । फ्रेडी मर्करीको सन् १९९१ मा एड्ससँग सम्बन्धित रोगका कारण निधन भएको थियो ।

बोहेमियन राप्सोडीका अलावा रामी मालेक टेलिभिजन शृंखला ‘मिस्टर रोबोट’ का कारण पनि चर्चित छन् ।

त्यस्तै ‘रोमा’ ले सर्वोत्कृष्ट विदेशी भाषाको फिल्म तथा सर्वोत्कृष्ट सिनेमाटोग्राफीको अवार्ड जितेको छ । 

अल्फान्सो क्वारोनको लेखन र निर्देशन रहेको मेक्सिकन भाषाको यो श्यामश्वेत चलचित्रमा सन् १९७० को दशकको मध्यम वर्गीय गृहिणीको कथा समेटिएको छ । 

बेलायती अभिनेत्री ओलिभिया कोलमेनले ‘द फेभरेट’ का लागि सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारिन् ।
 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया