घरेलु टाेली अस्ट्रेलियामाथि भारतकाे २ सय १८ रनकाे अग्रता
मंसिर ८, २०८१ शनिबार
इलाम – आउँदो फागुन २६ गतेबाट इलाममा सञ्चालन हुने पाँचौ अन्तर्राष्ट्रिय माईभ्याली गोल्डकप फुटबल प्रतियोगिताका खेलाडीहरुको दुर्घटना बीमा हुने भएको छ ।
इलाम नगरपालिकाको खेलमैदान ठूलो टुँडिखेलमा हुने प्रतियोगितामा सहभागी हुने १० वटा टिमकै खेलाडीहरुको बीमा हुने भएको हो ।
खेलमा सहभागी भएका खेलाडी, आयोजक संस्था माईभ्याली फुटबल क्लबका ३० र स्वयमसेवक ३० जनालाई खेल सञ्चालन अवधिभर नगद पाँच लाख रुपैयँको दरले आईएमई जनरल इन्स्योरेन्सले बीमा गर्ने भएको माईभ्याली फुटबल क्लब इलामका अध्यक्ष धिरेन चेम्जोङ्गले जानकारी दिनुभयो । आईएमईका वरिष्ठ प्रबन्धक शिवप्रसाद लामिछानेले क्लबलाई पत्र पठाई त्यसबारे जानकारी दिएको अध्यक्ष चेम्जोङ्गले बताउनुभयो ।
प्रतियोगितामा सहभागी हुने अन्तर्राष्ट्रिय फुटबल टिम क्यामरुन, हङकङ, दार्जीलिङलगायत र नेपालका ७ वटा क्लबका २५-२५ जना खेलाडी तथा अफिसियल कर्मचारीहरुको नेपालको सीमाभित्र हुने सामूहिक दुर्घटना जोखिमको जिम्मा आईएमई जनरल इन्स्योरेन्सले लिने भएको इन्स्योरेन्स इलाम शाखाका प्रतिनिधि दिलिप पौडेलले जानकारी दिनु भएको छ ।
उहाँले भन्नुभयो, ‘यस्ता घटनामा परि कसैको मृत्यु भए नगद पाँच लाख रकम नै उपलब्ध गराउने र घाइते मात्र भए औषधि उपचार खर्च उपलब्ध गराउने जिम्मा इन्स्योरेन्सले लिने छ ।’ यो कार्य क्लबलाई सहयोग स्वरुप गरिएको बताइएको छ । यस्तो बीमा नेपालमा नै पहिलो भएको जनाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।