हेलिकप्टर दुर्घटना : बालुवाटारमा मन्त्रिपरिषदकाे आकस्मिक बैठक

 फागुन १५, २०७५ बुधबार १४:५५:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ताप्लेजुङमा भएको हेलिकप्टर दुघर्टनाको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा मन्त्रिपरिषदकाे आकस्मिक बैठक डाक्नुभएको छ ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर ताप्लेजुङमा दुघर्टना भएको खबर सार्वजनिक भए लगत्तै प्रधानमन्त्री ओलीले सबै मन्त्रीलाई आकस्मिक रुपमा बालुवाटार बोलाउनुभएको हो । 

ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका–१०, को दारेभिरमा हेलिकप्टर दुर्घटनामा परेकाे  ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी संजयसिंह थापाले बताउनुभयो ।

हेलिकप्टरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारी सहित, यति एयरलाइन्सका मालिक आङछिरिङ शेर्पा,  हेलिकप्टरमा क्याप्टेन प्रभाकर केसी, विरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल, अर्जुन घिमिरे रहेको ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी थापाले जानकारी दिनुभयाे ।

दुघर्टनामा परेको हेलिकप्टर पाथिभरामा ल्यान्डिङ गरेर फर्किँदै थियो ।  

 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया