खाना पकाउने ग्यासमा उद्योगीका लागि कमिसन बढे पनि उपभोक्ताका ...
फागुन २१, २०८१ बुधबार
काठमाण्डाै - ताप्लेजुङमा भएकाे हेलिकप्टर दुर्घटनामा परेका पर्यटन मन्त्री रबिन्द्र अधिकारि सहित सबैको मृत्यु भएको पुष्टी भएको छ । दुघर्टनाग्रस्त हेलिकप्टरमा हेलिकप्टरमा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित प्रधानमन्त्रीका स्वकीय सचिब युवराज दाहाल, यति एअरलाइन्सका प्रमुख आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुब भोछिभोया तथा उप महानिर्देशक बिरेन्द्र श्रेष्ठ तथा अर्जुन घिमिरेको निधन भएको छ । पाइलट प्रभाकर केसी को पनि निधन भएको छ ।
सबैको मृत्यु भएको पुष्टी भएपछि अहिले बालुवाटारमा मन्त्रि परिषद्को आकस्मिक बैठक बसिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले दिएकाे जानकारीअनुसार घटनास्थलमा ५ वटा शव भेटिएको छ ।
‘हाम्रा साथीहरुले त्यहाँ पुगिसक्नुभएको छ, हवल्दारले हामीलाई जानकारी गराएअनुसार ५ वटा शव भेटिएको छ’ जिप्रका ताप्लेजुङका ड्युटी अफिसरले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।
पाथिभराबाट तेर्हथुम जान उडेको हेलिकप्टर पाथिभरा नजिकै तारेभिरमा दुघर्टना भएको हो ।
एएमआई अल्फा माइक इन्डिया कल साइनको दुघर्टनाग्रस्त हेलिकप्टर आज बिहान साढे ८ बजे काठमाडौँबाट ताप्लेजुंग गएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।