खाना पकाउने ग्यासमा उद्योगीका लागि कमिसन बढे पनि उपभोक्ताका ...
फागुन २१, २०८१ बुधबार
काठमाण्डाै – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विप्लव समूहको पार्टीप्रतिको सरकारको धारणा माग गरेको छ ।
बुधबार बसेको राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले विप्लव समूह राजनीतिक पार्टी हो वा आतंककारी समूह भन्ने सम्बन्धमा धारणा सार्वजनिक गर्न सरकार र सत्तारुढ दलसँग माग गर्नुभएको हो ।
विप्लवका गतिविधिलाई सतही रुपमा आँखा चिम्लिएर हेर्ने हो भने नेपाल ठूलो राजनीतिक द्वन्दमा फस्ने भन्दै उहाँले तत्काल धारणा स्पष्ट पार्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।
उहाँले भन्नुभयो, 'सरकार र सत्ताधारी पार्टी भएको नाताले नेकपाकाे विप्लव नेतृत्वकाे पार्टीप्रतिको दृष्टिकोण के हो ? विप्लवको पार्टी आंतकवादी पार्टी हो ?'
फागुन १० गते राजधानीको नख्खुस्थित एनसेलको केन्द्रीय कार्यालयसहित देशका २१ स्थानमा एकै समयमा बम विस्फोट गराइएको घटनालाई इंगित गर्दै उहाँले यसलाई सामान्य नलिन ध्यानाकर्षण गराउनुभयो ।
पूर्व गृहमन्त्री जनार्दन शर्माले संक्रमणकालीन न्यायको बारेमा देशको राजनीति तातेका बेला नेकपाका अध्यक्ष पुष्पकमल दाहलले संक्रमणकालीन न्यायको सम्पादन राम्रोसँग नभए यो देशमा अर्को माओवादी जन्मिन सक्छ भनेर उद्घोष गरेको भोलिपल्ट नै यस्तो घटना भएको भन्दै उहाँले यो कस्ताे संयोग हाे भनेर प्रश्न पनि गर्नुभयो ।
तात्कालीन नेता मदन भण्डारीले जनताको बहुदलीय जनवादको सिद्धान्तलाई अघि बढाएको स्मरण गर्दै उहाँले अहिलेको नेकपाको नेतृत्व सैद्धान्तिक अन्यौलको भूमरीमा परेकोसमेत दाबी गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।