‘अन्तिम पटक पाइलटले विमानस्थललाई बाक्लो हिउँ परेको जानकारी गराएका थिए’

 फागुन १५, २०७५ बुधबार १६:१२:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको ज्यान जानेगरी ताप्लेजुङमा एयर डाइनेस्टीको  हेलिकप्टर दुघर्टना भएको छ । 

बाक्लो हिमपातका कारण हेलिकप्टर दुघर्टना भएको हुन सक्ने त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । 

विमानस्थलमा भएको पत्रकार सम्मेलनमा प्रवक्ता प्रतापबाबु तिवारीले भन्नुभयो, ‘पाइलटले टावरलाई अन्तिम पटक भारी हिमपात भएको जानकारी दिएका थिए, अहिलेलाई हामीले पाएको जानकारी त्यही हो ।’

सातवटा शव ल्याउनको लागि नेपाली सेनाको टोली घटनास्थलतर्फ लागेको पनि उहाँले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया