भारत र पाकिस्तानबीचलाई शान्तिपूर्ण उपायका माध्यमबाट समाधान खोज्न नेपालकाे आग्रह

 फागुन १५, २०७५ बुधबार १७:३९:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल सरकारले भारत र पाकिस्तानबीच बढ्दो तनाव तथा भारतको जम्मू कश्मीरको पुलवामा क्षेत्रमा भएको आतंककारी हमलाप्रति चिन्ता व्यक्त गरेको छ ।

बुधबार परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो चिन्ता व्यक्त गरेको हो ।

नेपालले पुलवामा क्षेत्रमा हमलापछि तुरुन्तै उक्त घटनाको भर्त्सना गरेको विज्ञप्तिमा जनाइएको छ ।  

विज्ञप्तिमा भनिएको छ, ‘सार्कको अध्यक्षका हैसियतले नेपाल दक्षिण एसियामा शान्ति तथा स्थायित्वको महत्वलाई मध्यनजर गर्दै दुवै राष्ट्रलाई हदैसम्मको लचकता अपनाउन र  यस क्षेत्रको शान्तिसुरक्षामा खलल पार्ने कुनै किसिमका गतिविधि नगर्न आग्रह गर्दछ ।’

विज्ञप्तिमा दुवै देशबीच विद्यमान तनाव कम गर्न तथा अवस्थालाई सामान्य बनाउन दुवै देशलाई वार्ता तथा शान्तिपूर्ण उपायका माध्यमबाट समाधान खोज्न आग्रह पनि गरिएको छ ।



 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया