हिउँ जमेर मध्यपहाडी लोकमार्ग अवरुद्ध

 फागुन १७, २०७५ शुक्रबार २०:५८:२१ | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व – मध्यपहाडी लोकमार्गमा निरन्तर हिँउ जम्दा महिना दिनयता यातायातका साधन चल्न सकेका छैनन् । रुकुम पूर्वबाट बागलुङ जोड्ने मध्यपहाडी लोकमार्गमा हिउँ जम्दा यातायातका साधन ठप्प भएका हुन् । 

प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माका अनुसार, महिना दिनयता यातायातका साधन चल्न सकेका छैनन् । रुकुम पूर्व र बागलुङको सिमानामा पर्ने सडकखण्डमा तीनदेखि पाँच फीटसम्म हिउँ जम्दा सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिनुभयो ।

हिउँ जमेपछि रुकुम पूर्वबाट बागलुङ, पोखरा हुँदै काठमाण्डौ जाने यात्रुहरु समस्यामा परेका छन् । हिउँ नपग्लिँदा सडकखण्डमा पूर्ण रुपमा यातायातका साधन ठप्प भएको स्थानीयले बताएका छन् । हिउँ पन्छाएर बाटो खुलाउने प्रयास गरे पनि निरन्तरको हिमपात र चिसोको कारण सम्भव भएको छैन । पैदलयात्रुलाई समेत कठिन हुने गरी बाटोमा हिउँ जमेको बताइएको छ । 

खाद्यान्न अभाव हुँदै

महिना दिनसम्म यातायातका साधन ठप्प हुँदा खाद्यान्न ढुवानीमा समेत समस्या भएको छ । पहिलेको हिउँ बिलाउन नपाउँदै बारबारको हिमपातले सडकमा हिउँ थुप्रिँदा समस्या भएको स्थानीयवासी बताउँछन् । सञ्चित गरिएको खाद्यन्न सकिँदै गएको र बाहिरबाट ल्याउन नपाउँदा खाद्यान्न अभाव हुँदै गएको हो । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया