अक्षयकुमारले गरे एकसय नव दम्पतीहरुलाई १/१ लाख रुपैयाँ दिने घोषणा

 फागुन १८, २०७५ शनिबार १५:३८:५८ | एजेन्सी
unn.prixa.net

भारतीय अभिनेता अक्षयकुमार केही समय यता सामाजिक चेतनायुक्त चलचित्रमा देखिएका छन् । तर आलोचना गर्नेहरुले उनका यी चलचित्रलाई प्रोपागाण्डा भने पनि उनले सामाजको नजरमा गलत भनिएका कतिपय कुराहरुलाई आफ्ना चलचित्रका कारण सहज बनाइदिएका छन् ।

उनी चुरोटले स्वास्थ्यमा पार्ने असर, ट्राफिक नियमको पालना र सेनेटरी प्याडको प्रयोगसँग सम्बन्धित विज्ञापनमा पनि देखिएका छन् । र केही समय अगाडि मात्र उनले पुलवामा हमलामा शहीद भएका सेनाका परिवारलाई पाँच करोड भारतीय रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए । 

उनले भर्खरै एक ‘च्यारेटी इभेन्ट’मा एकसय नयाँ दुलहीहरुलाई एक/एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छन् । उनी एक सामुहिक विवाहमा गएका थिए । भारतको महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फड्नवीसको उपस्थितिमा लगभग एकसय गरिब तथा सुविधाबाट वञ्चित युवाहरुले विवाह गरेका थिए । अक्षय उनीहरुलाई आशिर्वाद दिन त्यहाँ पुगेका थिए ।

समाचार स्रोतका अनुसार उनले त्यहाँ गएर आशिर्वाद मात्र दिएनन्, आर्थिक समस्याबाट ग्रसित सबै एक सय नव-विवाहित जोडीलाई उनीहरुको वैवाहिक जीवनको सुरुवाती दिनहरु खुशियालीसँग बितून् भन्दै एक/एक लाख भारतीय रुपैयाँ पनि दिने घोषणा गरे । 

अक्षय कुमारको यस निर्णयको भारतीय मिडियामा खुबै प्रशंसा गरिएको छ । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया