अष्ट्रेलियालाई हराउँदै भारत च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा
फागुन २१, २०८१ बुधबार
काठमाण्डाै – ट्राफिक प्रहरीले सर्वसाधारणलाई मात्रै कारबाही गर्छ भन्ने हल्ला चल्छ । बेला बेला ट्राफिक प्रहरीको आलोचना पनि हुन्छ । तर नियम मिचेपछि ट्राफिक प्रहरीले आफ्नै हाकिमहरुलाई पनि कारबाही गर्छ भन्ने प्रमाण देखाइदिएको छ ।
ट्राफिक नियम मिचेपछि ट्राफिक प्रहरीले नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षकको गाडीलाईसमेत कारबाहीको चिट काटेको छ ।
गएको शुक्रबार नर्भिक अस्पताल अगाडि बा १ झ ६४०८ नम्बरको गाडी पार्किङ निषेधित क्षेत्रमा पार्किङ गरेको देखेपछि समिरमणी दिक्षितले ट्विटरमार्फत उजुरी गर्नुभएको थियो ।
गुनासोपछि ट्राफिक प्रहरीले आइतबार प्रहरी नायब महानिरीक्षकको गाडीलाई कारबाही गरिएको जानकारी ट्विटरमार्फत दिएको छ । ट्राफिक प्रहरीले पार्किङ निषेधित क्षेत्रमा पार्किङ गरेको गाडीका चालकलाई पाँच सय रुपैयाँ जरिबानासहित कारबाही गरेको हाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।